उदायउँदो सूर्यलाई अर्घ दिदैं सम्पन्न भयो छठ

    • मंसिर ४, २०८०
    • २८८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ४ मंसिर। आस्थाका पर्व छठ उदाउँदो सूर्यलाई अर्घ दिदै सम्पन्न भएको छ। ऋाज सोमबार विहान छठ पर्वको अन्तिम दिन उदाउँदै गरेको सूर्यलाई अर्ध दिँदै सम्पन्न भएको हो।


    पानीसमेत नखाइकन निराहार बसेका बर्तालुहरु नजिकैका पोखरी, तलाउ, नदीलगायतका जलाशयमा हिजै बेलुका अस्ताउँदो सूर्यको पूजा आरधना गरी बसेका थिए। चढाउनका लागि तयार पारीएका पूजा सामग्रीहरू घाटमा रातभर जागराम बसेका बर्तालुहरु उदाउँदो सूर्यको पूजापछि घर फर्किएका छन्।

    छठ पर्वमा पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। छठ पूजा गर्दा भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने जनविश्वास छ।

    विशेषगरी तराई मधेशमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ। सत्य र अहिंसाप्रति मानवको रुची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ।

    कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व अस्ताउँदै र उदाउँदै गरेको सूर्यको आराधना गरी मनाइन्छ। अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पुजा गरी मनाइने गरिन्छ।

    श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि बाँकसले बनेको ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला, चामलको मिठोबाट बनेको भूसवा, ठकुवा जस्ता सामाग्री चढाउने चलन रहेको छ।

    मापन हुन्छ। प्रत्येक छठघाटमा छठ पर्वका गीत गुन्जिएका छन्। छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने, आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ।

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल