अति विपन्न ७५ परीवारलाई समाजिक अभियनता लामाले दिए राहत

    • मंसिर २, २०८०
    • ८१३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २ मंसिर। समाजिक अभियनता तेजेन्द्र लामा (कुमार)ले गोलबजार नगरपालिकाका विभिन्न वडाका ७५ घरपरिवालाई पोषणयुक्त खाद्य सामाग्रीसहितको राहत प्रदान गरेको छ।

    गोलबजार नगरपालिका ३ का स्थाई वसोवासी लामाले दशैं, तिहार र छठको अवसर पारेर गरिव अति विपन्न, एकल महिला, वृद्ध, अपाङ्ता भएका परीवार, गर्भवति तथा सुत्केरी महिलालाई राहत प्रदान गरेको हो।

    उनीहरुलाई राहत स्वरुप २५ केजी चामल, एक केजी दाल, चना एक कजी, नुहाउने साबुन एक थान, कपडा धुने साबुन २ थान, सोयविन आधा केजी र नुन एक केजीका दरले राहत सामाग्री प्रदान गरेको लामाले जानकारी दिए।

    उनले गोलबजार नगरपालिका ३ मा ५२, वडा नम्वर ९ डण्डाटोलमा १२ र वडानम्वर ११ बेतौनामा ११ परीवारलाई राहत प्रदान गरिएको बताए। लामा आफै प्रत्ययक परीवारको घरघरै पुगेर राहत प्रदान गरेका छन्।

    विजया दशमी, शुभ दिपावली तथा छठ पर्व मनाउनलाई सहज होस् भन्ने उदेश्य सहित राहत वितरण गरिएको लामाले बताए। उनले चाड पर्वका समयमा सवैलाई मिटो–मसिनो खाने चाहाना हुनु स्वभाविक भएपनि विपन्न परीवारलाई मूस्किल पर्ने भएकाले राहत प्रदान गरिएको बताए।

    उनले आउने दिनहरुमा गोलबजारका १३ वटै वडाका लक्षति वर्गलाई राहत प्रदान गर्ने जनाए।

    स्ट्रङ्ग रुट्स फाउण्डेशनको आयोजनामा राहत वितरण गरिएको लामाले जनाए।

    kumar1 kumar 5 kumar4

    प्रशासनको मनपरी तन्त ...

    सिरहा, १९ मंसिर। नेपाली काँग्रेस जिल्ला समितिले स्थानीय ...

    अवैध लागु औषधसहित यु ...

    सिरहा, १९ मंसिर। सिरहा प्रहरीले प्रतिवन्धित लागु औषधसहि ...

    ‘प्यारालाइज्ड’ अख्ति ...

    तारा चापागाईं  नेपालको कर्मचा ...

    गणतन्त्र रक्षाको ला ...

    बर्दिवास, १९ मंसिर। नेपाल कम्युस्टि पार्टी (माओवादी केन ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल