जात, समुदाय र पार्टीभन्दा माथि उठ्नसके विकासको गतिलाई कसैले रोक्न सक्दैन : मन्त्री महतो

    • मंसिर २, २०८०
    • २५२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २ मंसिर। एक्लो व्यक्तिको चाहेरमात्र क्षेत्रको विकास नहुने वन तथा वातावरण मन्त्री डाक्टर विरेन्द्र प्रसाद महतोले बताएको छ। सिरहाको मिर्चैयास्थित पतञ्जली योग शिविरले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री महतोले सवैको सकारात्मक भावनाबाटमात्र विकासले गति लिने बताएको हो।

    सिरहा क्षेत्र नम्वर ४ बाट निर्वाचित महतोले आफ्नो एक्लो प्रयासले यो क्षेत्रको विकास सम्भव नरहेको भन्दै यहाँका हरेक व्यक्ति, समाज र समुदायको सकारात्मक सोचबाट विकासले गति लिने बताए। उनले भने, ‘म यो क्षेत्रको प्रतिनिधीको नाताले विकासको लागि प्रतिबद्ध छु। मेरो व्यक्तिगत प्रयासलेमात्र यो क्षेत्रको विकास सम्भव छैन। यसक्षेत्रको शिक्षा, स्वास्थ्य, बाटोघाटोसहित सवैक्षेत्रको विकासको लागि हरेक जनताले सकारात्मक रुपमा सोच्न जरुरी छ।’
    उनले थपे यहाँका जनताले ‘मैले विकास गर्न नसके म कसैको लागि गलत सोचदिन र गलत गर्दिन’ भन्ने प्रतिबद्धता गर्नेहो भने यो क्षेत्रको विकास कसैले रोक्न सक्दैनन्।

    यो क्षेत्रको विकास गर्न सकेमात्र यहाँको नेता बन्न मजा आउँने मन्त्री महतोले बताए। उनले भने, ‘पूर्वपश्चिम राजमार्गले छोएको सुगम क्षेत्र भएर पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणमा यो क्षेत्र कमजोर छ। सधै विकासको ललिपप बाँडेर नेताहुनु के मजा। विकसित क्षेत्रको नेता बन्न पाउनुपो मजा हो त।’

    सवै व्यक्ति, जनप्रतिनिधी, पार्टी, झण्डा र जाती नाममा हामी भिभाजित भएका छौं। हामीले विकासको काममा यो सवैलाई थाति राखेर एकजुट भएर लाग्नु पर्ने मन्त्री महतोले जोड दिए।
    उनले भने, ‘यहाँ धेरै नेताहरु छन्। उहाँहरु ठूल–ठूला नारा र प्रतिबद्धता जनाउनु हुन्छ। नारा र प्रतिबद्धताले विकास हुने होइन। अव हामीले व्यक्ति, जात, समुदाय, पार्टीको झण्डाभन्दा माथि उठेर विकासलाई प्राथमिकतामा राख्नु आवश्यक छ।’

    सोहि क्रममा उनले हाम्रो रिजर्भ वाटर ट्याङ्कको रुपमा रहेको चुरे संरक्षण गर्न नसके तराई मरुभूभि वन्ने निश्चित रहेको बताए। चुरेको अन्धाधुन्ध उत्खननले पर्यावरण प्रभावित भएको भन्दै मन्त्री महतोले भने, ‘चुरे विनास र चुरेक्षेत्रको अनियन्त्रित उत्खनन्का मारमा हामी परीसकेका छौं। वाटरलेवल डाउन हुन थालिसकेको छ। अव पनि हामीले चुरे संरक्षण नगर्ने हो भने हाम्रो भूमि मरुभूमि बन्ने निश्चित छ।’

    पर्यावरण जोगाउन प्रत्यक व्यत्तिले आफ्नो जीवनमा कम्तीमा एउटा विरुवा रोपेर हुर्काउन प्रतिबद्ध हुन मन्त्री महतोले आग्रह गरे।

    मन्त्री महतोले आफ्नो मन्त्रालयको नाम वन मन्त्रालय भएपनि चुरे खन्ने लाईसेन्स उद्योग मन्त्रालयले दिने र निगरानी गृह मन्त्रलायको अधिकार क्षेत्रमा रहेको बताए। त्यसपछि सवैभन्दा अधिकार सम्पन्न स्थानीय सरकार रहेकाले उनीहरुले यसमा विशेष ध्यान दिन सक्नु पर्ने बताए। स्थानीय सरकारलाई जिम्मेवार भएर उत्खननको अनुमति दिन पनि आग्रह गरे।

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल