लहान, २९ कात्तिक। लोप हुन लागेको अति रोमान्चित हुर्राहुर्री प्रतियोगिता जगेर्ना गर्ने उद्देश्यले सिरहाको लहानस्थित गमहरियामा हुराहुरी प्रतियोगितालाई निरन्तरता दिएको छ।
स्याउलाले बनाएको हुरामा सुंगुरलाई बाँधेर भैंसीसँग जुधाउने हुराहुर्री प्रचलनलाई यो यस वर्षपनि निरन्तरता दिईको हो।
हुर्राहुर्री प्रतियोगितामा भाग लिएका भैंसीहरु मध्ये स्थानीय चन्द्रदेव यादवको भैंसीले हुर्रामा बाँधिएको सुँगुरलाई मारिएका हुन्।
यसपल्टको हुर्राहुर्री प्रतियोगितामा आसपासका आधा दर्जन भन्दा बढी भैंसीहरुलाई समावेश गरिएको थियो। गोर्बधन पूजाको समाप्तिसँगै हुर्राहुर्री प्रतियोगिता हुने चलन रहँदै आएको छ।