लैङ्गिक हिंसा न्यूनिकरणकालागि दलभित्रै दवाव सृजना गर्ने नेताहरुको प्रतिबद्धता

    • कार्तिक २४, २०८०
    • ४०९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २४ कात्तिक। सिरहा, २४ कात्तिक। लैङ्गिक हिंसाका विषयमा आफ्नै दलको विधान तथा चुनावी घोषणपत्रमा व्यवस्था भएको प्रावधानलाई लागुगर्न दलभित्रै दवाव सृजना गर्ने दलका स्थानीय नेताहरुले प्रतिबद्धता जनाएका छन्। दलित महिला केन्द्र, नेपाल (सीडीडब्लुएन)ले महोत्तरीको वर्दिवासका आयोजना गरेको ‘महिला तथा बालिकामाथि हुने हिंसा विरुद्ध लडाई’ परियोजना अन्तर्गत ‘लैङ्गिक हिंसालाई सम्वोधन गर्न दलहरुको चुनावी घोषणापत्र’ विषयक कार्याशालामा सहभागी दलका स्थानीय तेताहरुले महिला हिंसाका विषयमा आफ्नै दलको विधान तथा चुनावी घोषणपत्रमा उल्लेख भएको व्यवस्था कार्यान्वयनमा माथिल्लो तहमा दवाव सृजना गर्ने प्रतिबद्धता जनाएका हुन्।

    ‘कसरी महिला हिंसाका घटना न्यूनिकरण गर्न सकिन्छ?’ भन्ने विषयमा स्थानीय स्तरमा छलफल चलाउने र नेतृत्वसँग आफ्नो पार्टीको विधान र घोषणापत्र कार्यान्वयनका लागि दवाव दिने नेकपा (माओवादी केन्द्र) निकट दलित मुक्तिमोचाका केन्द्रिय सदस्य उमेश बरालले बताए। उनले भने, ‘हामीले व्यक्तिग रुपमा दलित, महिला र पीडितको पक्षमा आवाज उठाउँदै आएको थियौं, अव महिलाहिंसाका घटनालाई अझै गम्भिरताका साथ लिने प्रतिबद्धता गर्छु।’

    राजनीतिक दलहरुले नागरिकको पक्षमा सरारकारलाई दवाव दिने र नीति बनाउने कार्यमा सक्रिय पहल गर्न आवश्यक रहेको स्वतन्त्र पार्टी पर्साका नेता सब्वु कँडेलले बताए। उनले दहरुले आफ्नो घोषणापत्रलाई सहि कार्यान्वयन गर्न सके धेरैखालका हिंसाका घटनामा न्यूनिकरण आउने बताए। उनले अहिले यहाँ प्रस्तुत भएका विभन्न तथ्याङ्कहरुले मधेशमा महिला हिंसाको घटना डरलाग्दो भएकाले घटना न्यूनिकरणमा आफ्नो दल र व्यत्तिगतरुपमा सक्रिय सहभागीता रहने प्रतिबद्धता जनाए।

    जनता समावादी पार्टी (जसपा) नेपाल सिरहाका नेता केशव प्रसाद साहले पितृसत्तात्मक सोच परीवर्तको लागि कुनै एक लिङ्ग, व्यक्ति वा समुदायमात्र सचेत भएर सम्भव नरहेको भन्दै सवैपक्षको सकारात्मक सोच आवश्यक रहेको बताए। लैङ्गिक हिंसा समाजका सवै लिङ्ग, समुदाय र व्यक्तिबाट हुनेगरेकाले हिंसा न्यूनिकरणको लागि सवै पक्षको सकारात्मक सोच र भूमिका आवश्यक रहेको उनले बताए।

    नेता साहले दलगत र व्यक्तिगत हिसावले आफू समाजका हरेक विक्रितिको विपक्षमा रहेको बताउँदै अवका दिनबाट आफ्नै गाउँ समाजमा महिला हिंसाको घटना न्यूनिकरणका सवालमा वहस तथा छलफल चलाउने प्रतिबद्धता जनाए। उनलेभने, ‘मधेशको प्रत्क गाउँमा, घरमा महिला पीडित रहेको यहाँ प्रस्तुत तथ्याङ्कले देखायो, यसमा हामी योजना बनाएरै काम गछौं।’

    नेकपा (एमाले) सिरहा धनगढीमाई नगरपालिकाका नेता शोभा वरालले आजपनि महिलाहरुले विभिन्न खालका उत्पीडत सहनु परेको बताउँदै आफ्ना दलले महिला हिंसाको सवालमा विधानमै उल्लेख गरेको विषयलाई प्रभावकारी कार्यान्वयको लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाए।

    उनले महिला हिंसाका घटनाका विषयमा दलहरुले आफ्ना विधान र घोषणापत्रहरुमा उल्लेख गरेको भएपनि कार्यान्वयन गर्ने भरपर्दो संयन्त्र नरहेकोले दलहरुले कार्यान्वयन गर्ने संयन्त्र निर्माणमा जोड दिनुपर्ने औंल्याए।

    कार्याशालामा सहभागी नेपाली काँग्रेसका बाराका नेता तथा स्थानीय जनप्रतिनिधी मिना विश्वकर्माले आफ्नै गाउँ समाजलाई महिला हिंसा मुक्त गराउने कार्यमा लाग्न उर्जा मिलेको बताए। उनले जनप्रतिनीधिको नाताले महिलाहरुले भोगीरहेको विभिन्नखालको समस्याका विषयमा आफ्नो तर्फबाट सक्रिय रहेको सुनाउँदै अवको दिनमा पीडित महिलाको पक्षमा आवाज उठाउने थप उर्जा मिलेको जनाए।

    कार्याशालाको सहजिकरण महिला अधिकारकर्मी तथा अन्तरपुस्ता महिलावादी मञ्चका शरु जोशी श्रेष्ठ र संविधानविद इन्दु तुलाधरले गरेका थिए।

    शरु जोशी श्रेष्ठले महिला तथा बालबलिकाम हुने हिंसा, अन्तराष्ट्रिय सन्धि सम्झौता, लैङ्गिक हिंसा सम्वन्धि नेपाल र मधेशको अवस्थाबारे जानकारी गराएका थिए। उनले लैङ््िगक हिंसाको कारण र त्यसबाट मुक्तिको विषयमा जसले जति कुरा गरेपनि यसलाई सम्वोधन गर्ने दलका नेताहरुले नै भएको बताए। त्यसैले पनि हामीले अधिकारको कुरा गरेपनि दिनेठाउँमा दल र तीनका नेताहरु रहेकाले दलका नेताले नै यो समस्याको समाधान खोज्न सक्ने औंल्याए।

    संविधान विद तुलाधरले ‘राजनीतिक दलहरुको विधान र चुनावी घोषणामा लैङ्गिक हिंसा सम्वन्धी सवाल’ का विषयमा सहजीकरण गरेका थिए। उनले धेरै पार्टीहरुको लैङ्गिक हिंसाको सवालमा स्पष्ट नीति नभएको र भएकाहरुको पनि कार्यान्वयन अन्यौल रहेको बताए।
    सोही क्रममा उनले दलहरुको भएका नीति र महिला हिंसा सम्वोधन गर्न वनेका कानुन, कार्यायोजन, नीति, निर्देशिकाहरु कार्यान्वयन गर्न दलको सकारात्मक भूमिका आवश्यक रहेको बताए।

    कायक्रममा दलित महिला केन्द्रका महासचिव गौरा नेपाललीले मधेश प्रदेशमा महिला हिंसाका घटना अत्यधिक रहेकाले यहाँ काम गर्नुपर्ने देखेर यहाँ कार्यक्रम ल्याएको बताए। उनले लैङ्किहिंसको घटना नेपालभरी नै छ तर, तुलनात्मक रुपमा मधेशमा बढी रहेकाले आफ्नो संस्थाले यहाँ काम गरिरहेको बताए।

    सोही क्रममा महासचिव नेपालीले गैरसरकारी संस्थाहरु भनेको समस्या औल्याउने र समाधानका उपायहरुको बारेमा खोजी गर्नेकाममात्र गर्ने बताउँदै समस्या समाधानका लागि दल र स्थानीय सरकार नै जिम्मेवार हुनुपर्नेमा जोड दिए।

    कार्याशालामा सिरहा, बारा र पर्साका १० स्थानीय तहका दुई दर्जनबढी विभिन्न पार्टीका नेताहरुको सहभागीता रहेका थिए।

    कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै सीडीडब्लुएनका कार्यकारी निर्देशक तेजेन्द्र लामाले महिलाहरुलाई राजनीतिमा पहुच पुर्याउने मुख्य उदेश्य रहेको बताए। यो परीयोजना विशेषगरी किशोरीहरुमाथि हुने हिंसालाई समेटिएको बताए।

    कार्यक्रम प्रस्तोताको भूमिका डाक्टर प्रिती मण्डलले निभाएका थिए भने, संस्थाका कार्यक्रम संयोजक संचिता महर्जन, आर्थिक प्रशासन प्रमुख कल्पना कौजा मगर लगायतको सहभागीता रहेको थियो। nepali kumar saru sahabhagi

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल