सातदिनभित्र माँग पुरानभए चरणबद्ध आन्दोलन गर्ने वडा अध्यक्षहरुको चेतावनी

    • कार्तिक २२, २०८०
    • ३६१ पटक पढिएको
    • गमक पाेस्ट सम्वादाता
    alt

    सिरहा, २२ कात्तिक। सिरहाको नरहाँ गाउँ पालिकाका वडा अध्यक्षहरुले सातदिनभित्र आफ्नो माँग पुरानभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

    पालिकाका वडा नम्वर १ का अध्यक्ष अशोक कुमार महतो, ४ का वडा अध्यक्ष रामविलेक्षण यादव र ५ का वडा अध्यक्ष हुकुमदेव यादवले आर्थिक वर्ष २०७९/८० को आय व्यय विवरण, प्रत्येक वडामा एकजना कम्प्यूटर अपरेटर, तत्काल कार्यक्रमहरुको कार्यादेश दिनुपर्ने लगायतका माँग सातदिनभित्र सम्वोधन नभए आन्दोलनमा उत्रने चेतावनी दिएका हुन्।

    वडा अध्यक्ष हुकुमदेव यादवले सूचनाको हक प्रयोग गरेर करिव एक महिना अघि दिएको निवेदनको वेवास्ता गरेको भन्दै तत्काल माँग गरेको सूचना दिनुपर्ने बताए।

    उनले भने, ‘नयाँ आर्थिक वर्षको ४ महिना वितिसक्दा पनि कार्यालय सञ्चालन खर्च नदिएको, कार्यक्रमको कार्यादेश नदिएको भन्दै प्रशासकिय प्रमुख विधिसम्मत ढङ्गले चल्न नसकेको बताए। उनले थपे, ‘हामीले तालि ठोकेर गाउँ परिषद् गरिदिएका छौं, कार्यक्रमहरु बनेको छ। कार्यालय प्रमुखले कसको निर्देशन परखेर बस्नुभएको हो? हामीलाई तत्काल कार्यादेश चाहिन्छ।’

    उनीहरुले १० गते भएको गाउँ सभाबाटै १८ नम्वरको फाईलको विषयमा निर्णय गरेको प्रति खेद प्रकट गरे। कार्यक्रम नसकिदै, कुन कुनको भुक्तानि दिन बाँकी रह्यो भन्ने नआउँदै निर्णय लेख्नु गलत भएको भन्दै यस विषयमा कार्यालय प्रमुखले जवाफ दिनुपर्ने बताए।

    तीन जनै वडा अध्यक्षहरुले हाम्रो माग एक सातामा पुरा नभए हामी पालिका कार्यालयको गेटमै बसेर कामकाज ठप्प पार्ने र वडा कार्यालय त्यहीँबाट सञ्चान गर्ने जनाए।

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल