प्रधानाध्यापक मृत्यु प्रकरणः शिक्षक संगठनद्धारा अनिश्चितकाल विद्यालय बन्द गर्ने घोषणा

    • कार्तिक २०, २०८०
    • ७४८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २० कात्तिक। सिरहाको गोलबजार नगरपालिका ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक संजिव कुमार साहको शंकास्पद मृत्युको बैज्ञानिक छानविनसहित ९ बुदेमागँ राखेर शिक्षक शिक्षक संग संगठनहरुले आज सडकमै पत्रकार सम्मेलनगरेको छ।

    मृत्यु प्रकरणको सत्य तथ्य र निष्पक्ष छानविनगरी दोषीमाथि कार्वाहीको माँग गर्दै विभिन्न पेशागत शिक्षक संगठनले गोलबजार नगरपालिका सम्पूर्ण विद्यालय अनिश्चित कालको लागि बन्दको घोषणा गरेको हो। भोलि मंगलबार भने जिल्लाका सम्पूर्ण विद्यालय बन्दको घोषणा गरेको छ।

    मृतकका श्रीमतिलाई योग्यता अनुसारको रोजगारी, बच्चाहरुको शिक्षाको उचित प्रवन्ध, मृतक शिक्षको विद्यालयमा शालिक निर्माण, घटनाको सत्यतथ्य छानविनगरी दोषिमाथि हदैसम्मको कार्वाही, शिक्षकहरुमाथि शान्ति सुरक्षाको प्रत्याभुनि हुने गरी वातावरण निर्माण, विद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गरिनु पर्ने, मृतक शिक्षकलाई सहिद घोषणाको माँग गरेको छ।

    जनता नमुना माध्यमिक विद्यालय चन्द्रलालपुर चोहर्वाका प्रधानाध्यपक बम्हदेव सिंहले यो घटनाले कोहि शिक्षक सुरक्षित नरहेको बताए। उनले भने, ‘हामी कोहि शिक्षक शुरक्षित छैनौं भन्ने कुरा यो घटनाले देखाएको छ। सवै सचेत हुनु जरुरी छ।’

    सोही क्रममा उनीहरुले घटनाको टुङ्गो नलागुन्जेलसम्म पत्येकदिन पुर्व पश्चिम लोकमार्ग ३० मिनेट अवरुद्ध गर्ने र गोलबजार नगरपालिकामा धर्ना दिने संघर्ष समितिले निर्णय गरेको एकिकृत अखिल नेपाल शिक्षक संगठन सिरहा अध्यक्ष प्रमोद कुमार सिंहले जनाएको छ।

    उनले आवश्यकता अनुसार आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै जाने बताए।

    उनीहरुले आज पनि सिरहाको गोलबजारमा करिव २० मिनट सडक जाम गरेका थिए।

    शिक्षक साह हिजो आईतबार आफ्नै विद्यालयको कार्यालय भवनको तेस्रो तल्लामा पासो लागेको अवस्थामा भेटिएका थिए। साहको पोष्टमार्टम काठमाडौंस्थित टिचिङ अस्पतालमा गरिएको छ।

    सोही क्रममा जनता मावि गोलबजार ९ का प्रधानाध्यपक सुरेन्द्र सिंह, सरस्वती मावि तेतरिया जमहका शिक्षक विजय लामा, शिक्षक अनिरुद्र रायले विरोधमा मन्तव्य व्यक्त गरेका थिए।

    प्रशासनको मनपरी तन्त ...

    सिरहा, १९ मंसिर। नेपाली काँग्रेस जिल्ला समितिले स्थानीय ...

    अवैध लागु औषधसहित यु ...

    सिरहा, १९ मंसिर। सिरहा प्रहरीले प्रतिवन्धित लागु औषधसहि ...

    ‘प्यारालाइज्ड’ अख्ति ...

    तारा चापागाईं  नेपालको कर्मचा ...

    गणतन्त्र रक्षाको ला ...

    बर्दिवास, १९ मंसिर। नेपाल कम्युस्टि पार्टी (माओवादी केन ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल