सिरहा, १५ कात्तिक। सामाजिक सुरक्षाभत्ता वितरण नहुनुको कारण माँगसहित सिरहाको सखुवान्नकारकटी गाउँपालिकामा नेपालि कांग्रेस र जनता समाजवादी पार्टी नेपालले गाउँ पालिकालाई संयुक्त रुपमा संयुक्त पे्रस विज्ञप्ती बुझाएको छ।
चाड पर्वमा पनि तीन महिनाको समाजिक सुरक्षा भत्ता किन र के कारणले वितरण हुन नसक्नुको कारणसहित १७ वुंदे माग राखि विज्ञप्ती पालिका कार्यवाहक अधिकृत हरी नारयाण चौधरी लाई बुझाएको हो।
सखुवान्नकारकट्टी गापा उपाध्यक्ष निलम यादव, वडा नम्बर १ का वडा अध्यक्ष संजय कुमार यादव, २ का वडा अध्यक्ष तनुकलाल यादवद, ४ का वडा अध्यक्ष रमेश यादव लगायत कार्यपलिका सदस्य र वडा सदस्यहरुको हस्ताक्षरति विज्ञप्तीमा पालिका भित्रका शिक्षक तथा कर्मचारीहरुको तलव उपलव्ध हुन नसकेको, गत आर्थिक वर्ष ०७९/०८० को समपूर्ण हिसाव विवरण कार्यपालिका सदस्यहरुलाई उपलव्ध गराउनु पर्ने, मिति २०८०/३/२५ गते परिषदले गरेको सम्पूर्ण निर्णयहरु खारेज हुनु पर्ने लगायत १७ वुंदे माग रहेको छ।
यस विषयमा अहिले आफू केहि न भन्न नसक्ने कार्यवाहक प्रमुख प्रशासकिय अधिकृत चौधरीले बताए। उनले प्रमुख प्रसाशकिय अधिकृत राजीव कुमार झा आएपछी अधिकृत लाई बुभझाउने जानकारी दिए।