धनगढीबाट तीनलाखको पटाका बरामद, भारतबाट अवैध सामान निर्वाधरुपमा नेपाल भित्रिदै

    • कार्तिक १४, २०८०
    • १८५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १४ कात्तिक। सिरहा प्रहरीले अन्दाजी तीन लाख मूल्य बराबरको पाँच बोरा बेवारीसे अवस्थामा रहेको पटाका बरामद गरेको छ।

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ११ छपराडी चोकको बाटोछेउमा बेवारीसे अवस्थामा रहेको ५वटा बोरा कोब्रा पटाका आज मंगलबार अपरान्ह बरामद गरेको हो।


    बेवारिसे अवस्थामा रहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट प्रहरी नायव निरिक्षक सुनिल कुमार सिंहको कमाण्डमा खटिएको टोलिले कोब्रा नामको पटाका ५ वटा प्लाष्टिकको बोरामा रहेको पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्र राज पाण्डले जानकारी दिए।

    पटाका कसले किन छोडेर गएको भन्ने विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    पछिल्ला दिनहरुमा भारतीय सीमाक्षेत्रबाट निर्वाधरुपमा तस्करहरुले ल्याएका सामान राजमार्गक्षेत्रबाट बरामद हुने गरेको छ। भारतीय सीमाक्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति रहेपनि भन्सार छलिका तथा प्रतिवन्धित सामान नेपाल निर्वाध रुपमा भित्रिने गरेको छ।

    प्रशासनको मनपरी तन्त ...

    सिरहा, १९ मंसिर। नेपाली काँग्रेस जिल्ला समितिले स्थानीय ...

    अवैध लागु औषधसहित यु ...

    सिरहा, १९ मंसिर। सिरहा प्रहरीले प्रतिवन्धित लागु औषधसहि ...

    ‘प्यारालाइज्ड’ अख्ति ...

    तारा चापागाईं  नेपालको कर्मचा ...

    गणतन्त्र रक्षाको ला ...

    बर्दिवास, १९ मंसिर। नेपाल कम्युस्टि पार्टी (माओवादी केन ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल