मधेशको शैक्षिक अवस्था बलियो बनाउन सहकार्य आवश्यक छ : शिक्षा तथा समाजकल्याण मन्त्री यादव

    • कार्तिक १२, २०८०
    • २६२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १२ कात्तिक। शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले मधेशको शिक्षा सुधारको लागि सरकोकारबाला सवैले चिन्ता र चासो देखाउने हो भने चाडै नयाँ मोड लिने बताएको छ।

    सिरहा नरापालिका १९ सन्हैठामा जगियाजाकी–विश्वनाथ स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘मधेश प्रदेको शैक्षिक अवस्था र व्यवस्था’ विषयक अन्तकृया गोष्ठीलाई सम्वोधनगर्दै मन्त्री यादवले मधेशको शैक्षिक अवस्थालाई बलियो बनाउन शिक्षाक संघ संगठन, विद्यार्थी संगघ संगठन र सरोकारबालाको सकारात्मक भूमिका आवश्यक रहेको बताए।

    उनले आजपनि सीमान्तकृत तथा दलित समुदायका बालबालिकालाई कसरी विद्यालय पुर्याउने भन्ने चिन्ताको विषय रहेको बताए। उनले भने, ‘हामी चुप लागेर मसिरहेका छैनौं, विपन्न, दलित तथा सीमान्तकृत समूदायका वस्तिहरुमा पुगिरहेका छौं। दलित वस्तिमै रहेको विद्यालयमा पनि उनीहरुको उपस्थित भईरहेका छैनन्। यो चिन्ताको विषय हो।’

    उनले भने, ‘हामी उनीहरुलाई कसरी विद्यालय पुर्याउने र टिकाउने भन्ने विषयमा लागिरहेका छौं। दलितका बाल–बालिकालाई उनीहरुको वस्तीमै शिक्षक पठाएर शिक्षामा पहुँच पुर्याउने योजनामा छौं। तर, सरकार आफै अपठेरोमा रहेकाले भनेजस्तो गर्न सकिरहेका छैनौं।’

    उनले थपे गठवन्धन सरकारका कारण अतिपय कामलाई अगाढी बढाउन समस्या भएको बताए।

    प्रदेश सरकारको आफ्नै शिक्षा ऐन तथा नीति नभएकालेपनि समस्या भएको उनले थपे। ‘विगतका सरकारले यसमा ध्यान दिन सकेन। हामी त्यसमा काम गरिहेका छौं। नीति बनाउने विषयमा हामीले एक चरणमा छलफल गरेका छौं।’

    उनले शिक्षा निति आउन सकेको खण्डमा हामीलाई सजिलो हुने बताए।

    उनले समय क्रम अनुसार हामीले व्यवहारी र प्राकाविधिक शिक्षामा जोड दिनुपर्ने बताए। उनले युवापीडि कुलतमा फस्दै गएको प्रति चिन्ता व्यक्त गर्दै शिक्षा र खेलकुदलाईसँगै जोडेर लानुपर्ने बताए।

    सोही क्रममा मधेश प्रदेशसभा सदस्य राजेन्द्र चौधरीले सामूदायिक शिक्षालाई अझै बलियो बनाउनु पर्नेमा जोड दिए। उनले सामूदायिक शिक्षा कमजोर नभएको भन्दै यसलाई अझै सवल बनाउनुपर्ने आवश्यक रहेको बताए।

    सोही क्रममा उनले मधेशको ठूलो जनसंख्या दलित र मुसलिमको रहेको भन्दै उनीहरुको शिक्षामा पहुच कमजोड रहेको बताए। यो समुदायलाई विद्यालयसम्म नपुर्याएसम्म मधेशको शिक्षामा खासै परिवर्तन नदेखिने जिकिर गरे।

    उनल दलित समूदायका बालबालिकालाई आवाशिय विद्यालय बनाएर पूर्ण छात्रवृत्तिको व्यवस्था सरकारले गर्नु पर्ने माँग गरे। उनले भने, ‘उनीहरु अहिले पनि हातमुख जोड्ने समस्यामा छन्, त्यसैले दलित बालबालिकाको शिक्षामा पहुँच पुर्याउने हो भने पूर्ण छात्रवृत्ति सहितको आवाशिया विद्यालय आवश्यक छ।’

    कार्यक्रममा राष्ट्रिय सभा सदस्य मृगेन्द्र्कु सिह यादव, प्रदेश सदस्यहरु ललिता दास, जिवछि यादव, सन्जय कुमार यादव, सतिश कुमार सिंह, पूर्व राज्य मन्त्री तथा जनता समाजवादी पार्टीका नेता सुरेश मण्डल, सफटेक कलेज, लहानका निर्देशक डाक्टर महादेव साह लगायतले मन्तव्य व्यक्त गरेका थिए।

    अन्तकृया कार्यक्रममा जेएस मुरारका बहुमुखि क्याम्पसका उप–प्रध्यापक कुमार कमलेन्द्रम्ले ‘शिक्षामा चरम निजीकरण, व्यापारिकरण र राजनीतिकरण विरुद्ध सार्जजनिक तथा सामुदायिक शिक्षाको सवलिकरण’ वियाक कार्यपत्र प्रस्तुत गरेका थिए।

    सोही क्रममा त्रिभुवन विश्वविद्यालयका रामबाबू मण्डल, दलित नेता शिवकुमार महरा, अरूण पासबान, शिक्षक प्रदीप साह, पत्रकारसभ अर्जुन थपलिया, जिवछ यादव लगाएतले छलफलमा सक्रियता पूर्वक सहभागीता जनाएका थिए।

    दुई छात्रालाई छात्रवृति प्रदान

    जगियाजानकी विश्वनाथ स्मृती एस वर्ष एसईई पासगरेका दुई छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ। प्रत्यक वर्ष जस्तै यस वर्ष पनि सवैभन्दा बढी नम्वर ल्याएर एसईई पास गर्ने मुस्मि छात्रा अस्मिना खातुन र सीमा यादबलाई जनही पाँच हजारका दरले छात्रवृत्ति दिएको ट्रष्टका संस्थापक रामरिझन यादवले जानकारी दिए।

    387568344_6846186722090743_217782772498414593_n 396714939_2179644019042238_724831024166022030_n

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सिरहामा छिमेकीको कोद ...

    सिरहा, ३ जेठ। सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीको ...

    चनौटे डाँडा : मधेश र ...

      बिशाल बस्नेत महोत्तरी, २ जेठ। गर्मी छल्ने ...

    पेट्रोलमा सात र डिजे ...

    काठमाडौं, ३ जेठ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल