सिरहा, १२ कात्तिक। नेकपा एमाले सिरहा जिल्ला कमिटी सदस्य प्रकाश महासेठले पार्टी परित्याग गरेको घोषणा गरेको छ। सिरहाको मिर्चैया नगरपालिकाका महासेठले आफू पार्टीत्रै अन्यायमा परेको भन्दै आज पत्रकार सम्मेलनगरी पारी परीत्यागको घोषणा गरेको हो।
जिल्ला सदस्य तथा मिर्चैया नगर इन्चार्ज प्रदीप महासेठले चुनावमा आफूमाथि घात गरेको र चुनाव खर्चगर्न दिएको रकममध्ये बाँकी रहेको १५ लाख रकम फिर्ता गर्न पटक पटक अनुरोध गर्दा समेत फिर्ता नगरेको आरोप लगाए। प्रकाशले भने, ‘मैले गएको प्रदेश सभाको निर्वाचनमा नगर इन्चार्ज समेत रहेका प्रदीपलाई चुनाव खर्चबाट बचेको १५ लाख रुपैयाँ फिर्तादिन पटक पटक अनुरोध गरे, जिल्ला पार्टीमा निवेदन दिएँ। तत्कालिन जिल्ला अध्यक्ष चन्देश्वर मण्डल सहितको समितिले छानविन गरेर जानुभयो तर आज सम्म मैले पैसा फिर्ता पाएँ न कुनै जवाफ।’
‘म माथि चुनावमा घात गर्ने र रकम हिनामिना गरेकाहरुलाई पार्टीले आङ्गाले, तर मलाई पछिल्ला दिनहरुमा पार्टीको बैठकहरुमा समेत बोलाउन छाडेकाले मैले पार्टीमा बसीरहनुको औचित्य देखिन। प्रकाशले भने। महासेठले २०७९ को आम निर्वाचनमा सिरहा क्षेत्र नम्वर ४ (क) बाट नेकपा एकालेका तर्फबाट उम्मेदवारी दिएका थिए।
यस विषयमा आफूले नेता लिलानाथ श्रेष्ठसँग पनि कुरा राखेको उनले सुनाए। कतैबाट मैले न्याय नपाएको र यो पार्टीभित्र बसेर न्याय पाउने आस समेत मरेकोले पार्टीमा बसिरहनुको औचित्य नदेखेको उनले सुनाए। उनले भने, ‘पार्टी सवै सामन्तहरुको कब्जामा गए, अव यहाँ सवै उस्तैउस्ता रहे, यहाँ बसिरहनुको कुनै तुक छैन।’
उनले तत्काल आफू कुनै पार्टीमा जाने विषयमा निर्णय लिईनसकेको भएपनि राजनीतिमा सक्रिय रहने बताए। उनले भने, ‘राजनीतिमा लाग्ने भनेपछि पार्टी चाहिन्छ; तर, तत्काल कुनै पार्टी प्रवेश गर्ने विषयमा निर्णयमा पुगिएको छैन।’





















