काठमाडौं, ९ कात्तिक। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बिनोद कुँवरले आगामी २ र ३ मार्च २०२४ मा काठमाडौंमा हुने संघको ११ औं महाधिवेशन भव्य र ऐतिहासिक हुने बताएका छन्। कुँवरले संघको १० औं महाधिवेशनबाट देखा परेका समस्या पहिचान गरी हलबाटै निराकरण गर्ने व्यवस्था समेत गरेको बताए।

शेष घले प्रमुख संरक्षक रहेको संघले आगामी मार्च २ र ३ गते काठमाडौंमा विश्व सम्मलेन वा महाधिवेशन गर्ने निर्णय गरेको थियो। अध्यक्ष कुँवरले १७ देशमा राष्ट्रिय समन्वय परिषद् बनिसकेका र १५ देशमा परिषद् बन्ने तयारीमा रहेको जानकारी पनि दिए।

अध्यक्ष कुँवरले संघको उम्मेदवारी घोषणा गरेर संसारभारी घुम्ने, खर्च गर्ने, गुट–उपगुट ब

नाउने चलन रहेको बताउँदै त्यसलाई आफूहरुले बन्द गरेको बताए।
संघको अवस्था, महाविधेशनको तयारी र संघलाई विवादरहित बनाउन अध्यक्ष कुँवरको ९ बुँदे योजना तय गरेको छ।