रविन्द्र मिश्रलाई खुला पत्र – भोलि टीकामा शीतल निवासको गेटमा भेटौं

    • कार्तिक ६, २०८०
    • २१९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     
    रविन्द्र जी,
    जय राष्ट्र,जय जनता ।
    कांग्रेसले जय नेपाल र कम्युनिस्टहरुले भन्ने लालसलामजस्तै राप्रपाको अभिवादन शैलीसहित तपाईलाई यो छोटो खुला पत्र लेख्दैछु । हुन त तपाई विचारभन्दा माथि देश र देशभन्दा माथि नरेश भन्नुहुन्छ ।
     
    हुँदै नभएका नरेशलाई देशभन्दा माथि राख्ने तपाईको अभियानप्रति मेरो टिप्पणी होइन । तर राष्ट्र प्रमुखमाथि तपाईले गरेका तुच्छ प्रहारप्रति यो पत्र केन्द्रित छ ।
     
    तपाईले सामाजिक सञ्जालमा राख्नुभएका विचार देख्दा नलेखु भन्दा पनि लेख्न बाध्य हुनुपर्यो । तपाई जतिको विद्धान पूर्व पत्रकारको यति दरिद्र विचार छ भन्ने कल्पना पनि गरेको थिइन ।
     
    हो,लोकततन्त्रमा कमी कमजोरीहरु हुन्छन् । तर यिनको समाधान पनि लोकतन्त्रभित्रै हुन्छ । कुनै वंश विशेषले शासन गर्ने र त्यसलाई देवत्व स्वीकार गरेर जनताालाई रैती र दास बनाउने तन्त्र नेपाली समाजलाई अब स्वीकार्य छैन ।
     
    तपाईहरुको नरेशको निरंकुशकालमा नमिता सुमिता काण्ड, मूर्ति बेच्ने जस्ता काण्डै काण्डकोहरुको चाङ थुप्रिएको होइन ? त्यस्तै बोल्न नपाउने प्रणालीको पक्षमा नेपाली जनता छन भन्ने तपाईलाइ लागेको छ भने तपाई दिउसैँ सपना देख्दै हुनुहुन्छ ।
     
    गाँजा, चेरस, अफिम खाएर दिउसैँ मान्छे किच्ने अपराधीलाई मुलुकको शासक बनाउने र त्यसको पक्षपातिको वकालत गर्ने तपाईको चाहनाप्रति घृणा होइन दया जागेको छ । व्यक्ति को  हुन् मलाई मतलव छैन तर जनताले चुनेर पठाएको प्रतिनिधि आज मुलुकको राष्ट प्रमुख छन । जसको गरिमा, सम्मान र प्रतिष्ठा जति बढ्यो त्यतिै नै नागरिकको प्रतिष्ठा बढ्छ । उनले कुनै गल्ती गरे  भने त्यो सच्याउने पनि यहि लोकतन्त्रभित्रै जनतालाई अधिकार छ ।
     
    राष्ट्रपतिले गल्ति गरे भने राम्रोको लागि  आवाज मुखरित हुनु स्वाभाविक हो, तर जनताको शासनप्रति विद्धेष फैलाउने तपाईहरुको व्यवस्था विरोधी नियत भने  स्वीकार्य छैन । हिजो मण्डलेतन्त्रमा बोल्दा गोली खानुपर्ने  नेपाली जनता तपाईका दरिद्र विचारबाट प्रभावित होलान भन्ने मलाई लाग्दैन ।
     
    तपाईले आज जसरी जनताको छोरो राष्टप्रमुख बन्ने प्रणाली विरुद्ध विष वमन गर्दै हुनुहुन्छ त्यसै गरी मैले तपाईहरुले कल्पना गरेको वंशीय शासक वन्ने प्रणालीको विरोध गरे भने मेरो हालत के होला ? तपाई भन्न सक्नुहुन्छ मेरो छातीमा गोली हानिदैनथ्यो ?
     
    तपाई बीबीसीमाा काम गर्दा मेरो आदर्श हुनुहुन्थ्यो, मेरो त्यो आदर्श कायमै गर्ने हो भने भोली बिजयादशमीको टीकामा शीतल निवास गेटमा भेटौ । रामचन्द्र पौडेलबाट होइन देशको अभिभावकबाट टीका र आशिर्वाद लिन आउनुस् ।
     
    तपाईले जसरी राष्ट्र प्रमुखको हातको टिका बहिस्कार गर्न आह्वान गरिरहनुभएको छ,यो आह्वान दशैं बहिस्कार गरौं भन्ने आङकाजी शेर्पा शैलीको अर्को अतिवाद हो । आफूलाई सच्याउनुस्,त्यो अपिल फिर्ता गरेर भोलि शीतल निवास आउनुस् ।
    किम अधिकतम
     
    (लम्साल नेपाल प्रेस युनियनका अध्यक्ष हुन्)
    नेपालप्रेस।

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सिरहामा छिमेकीको कोद ...

    सिरहा, ३ जेठ। सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीको ...

    चनौटे डाँडा : मधेश र ...

      बिशाल बस्नेत महोत्तरी, २ जेठ। गर्मी छल्ने ...

    पेट्रोलमा सात र डिजे ...

    काठमाडौं, ३ जेठ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल