पत्रकार दल र जनताभन्दा माथि उठ्नु पर्छ : मुख्यमन्त्री यादव

    • कार्तिक ३, २०८०
    • १९५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुरधाम, ३ कात्तिक। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकारलाई दक्ष बनाउन आवश्यक तालिम गोष्ठीको आयोजना गर्न आमसञ्चार प्राधिकरण निर्देशन दिएको छ।

    आमसञ्चार प्राधिकरण मधेश प्रदेशको सहयोगमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवम् वरिष्ठ पत्रकार धर्मेन्द्र झाद्वारा लिखित पत्रकारिता प्रशिक्षणसम्बन्धी एकीकृत स्रोत पुस्तकको शुक्रबार विमोचन गर्दै मुख्यमन्त्री यादवले दक्षताको अभावका कहिलोकाही गलत सूचना प्रवाह हुनसक्नेभएकाले दक्षता हासिलको लागि तालिम गोडिठको आयोजना गर्न निर्देबन दिएको हो।

    उनले पत्रकार पनि अहिले दल र जातमा केन्द्रित हुन लागेको भन्दै पत्रकारले दल र जनताभन्दा माथि उठनुपर्ने बताए। उनले पत्रकारले सही तथ्य बाहिर ल्याउनुपर्ने भन्दै दक्षताको अभावमा कहिलेकाँही नचाहेर पनि सही लेखन नहुने गरेकाले पत्रकारलाई दक्ष बनाउन आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध भएको बताए।

    पत्रकारले सही सुचना प्रवाह गरेमा समाजमा सकारात्मक प्रभाव पर्ने भएकाले सूचना संकलनको समयमा हतार नगर्न पनि सुझाए। उनले प्रदेश सरकारको सन्दर्भमा पनि बास्तविक कुरा पत्रकारले बाहिर ल्याएमा प्रदेश सरकारलाई काम गर्न सहज हुने उनलको कथन रहेको छ।

    केही दिनअघि एउटा मिडियाले मुख्यमन्त्री र अर्थमन्त्रीको वीचमा बोलचाल नभएका कारण कर्मचारीले तलव नपाएको समाचार प्रकाशन गरेको विषयमा आपत्ति जनाँउदै मुख्यमन्त्री यादवले त्यस्तो कुनै अवस्था नरहेको बताए।

    उनले भने, ‘मेरो नेतृत्वमा गठित मन्त्रिपरिषदको सदस्यले मेरा कुरा मान्नुपर्छ। नमाने म तुरुन्त कारवाही गरी वरखास्त गर्न सक्छु। चाहे मेरो सरकार रहोस् या नरहोस्।’ उनले संघको असहयोगको कारण सोचेर पनि चाहेअनुसारको काम गर्न नसकेको भन्दै प्रदेश सरकारले गरेका सकारात्मक कामको विषयमा जनतालाई जानकारी गराउन पत्रकारसँग आग्रह गरे।

    कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले प्राधिकरणले एक वर्षमा गरेका कामकाजको बारेमा जानकारी गराउँदै पत्रकारलाई दिंदैआएको लोक कल्याणकारी विज्ञापनका लागि वजेट उपलब्ध गराउन आग्रह गरे। कार्यक्रममा गृह, सञ्चार तथा कानून मन्त्री मोहोमद समिमसहितका मन्त्रीहरुको सहभागिता थियो।

    one

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सिरहामा छिमेकीको कोद ...

    सिरहा, ३ जेठ। सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीको ...

    चनौटे डाँडा : मधेश र ...

      बिशाल बस्नेत महोत्तरी, २ जेठ। गर्मी छल्ने ...

    पेट्रोलमा सात र डिजे ...

    काठमाडौं, ३ जेठ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल