सिरहा, ३० असोज। अन्य समयभन्दा बढी मासु खपतहुने दशैंमा नै खसी बोकाको मूल्य घटेको छ। आर्थिक मन्दिका कारण तराई मधेशका बजारहरुमा खसी–बोका खरिद विक्रि कम भएकाले मूल्य सस्तो भएको हो।
सिरहा धनगढीमाई १३ का किसान सुक्रलाल लामाले आज गोलबजारको मंगलबारे बजारमा विक्रिको ल्याएको बोका अन्यबेला २२/२५ हजारमा विक्रिहुने बोका १३ हजारमा विक्रि गरेको बताए। उनले भने, ‘अन्य बेला यहि बोका २२/२५ हजारमा विक्रि हुन्थ्यो, आज त १३ हजारमै विक्रिगर्नु पर्यो।’
बजारमा खरिद गर्नेभन्दा बढी खसी–बोका भएकाले दशैंको मुखमा पनि सस्तोमा बेच्न बाध्यभएको उनले सुनाए। उनले राम्रो मुल्य पाउँला र दशैंको खर्च जोहोगर्न सजिलो भनेर बोका पालेको थिएँ तर, भने जस्तो मूल्य पाइन।
दुर्गा पुजामा बोका बलिदिंदै आएका नरहा ५ का बलदेव यादवले यो वर्ष सोचेको भन्दा कम मूल्यमा बोका पाएकोले ठूलै खरिद गरेको बताए। उनले अरुवर्ष १५/१७ हजार पर्ने बोका यो पटक ११ हजारमै खरिद पाएकोमो खुसी व्यक्त गरे। उनले भने, ‘सधैं महगोमा बोका किन्नुपर्थ्यो, यो पटक भने सोचेको भन्दा धेरै कम मूल्यमा बाका पाएँं।’
गोलबजार नपा ६ मा लाग्ने बाँख्रा बजारमा अहिल्लो दशैंको बेला प्रत्यक हटिया तीनसय भन्दा बढी बसीबोका विक्रि भएपनि यो वर्ष आधाभन्दा कम विक्रि भईरहेको बजारका ठेकेदार बीरेन्द्र यादवले बताए। उनले भने, ‘दशैंका बेला हामीलाई खसी बोको पुर्जा बनाउन पनि हम्मे हम्मे पर्थ्यो, हिजो आज हटियामा एकसय विक्न पनि मुस्किल हुने गरेको छ।
दशैंका बेला बजार मूल्य ह्वात्तै बढेपनि खसीबोकाको मूल्यभने स्वात्तै घटेको छ। यसले बाख्रा पालक किसान भने मर्कामा परेका छन्।
बजारमूल्य बढेका र आर्थिक मन्दिका कारण बजारमा दशैं आएजसतो चहलपल देखिएको छैन।
नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
Copyright © 2020 / 2023 - Gamakpost.com All rights reserved