ठूलो संघर्षपछि एनआरएनएलाई नागरिकता दिलाउन सफल भयौं : प्रमा दहाल

    • आश्विन ३०, २०८०
    • ३१५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, ३० असोज। सरकारले गैरआवासीय नेपाली (एनआरएनए) लाई नागरिकता प्रदान प्रकृया सुरु गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित विशेष समारोहमा गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई आज नागरिकता दिँदै गैर गैरआवासीय नेपाली नागरिकता वितरणको सुभारम्भ गरेका हुन्।

    प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिलाउनु ठूलो उपलब्धि भएको बताए। गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पचासौं लाख गैरआवासीय नेपालीहरुले नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको र यो निकै ठूलो उपलब्धि भएको बताए।

    ‘नेपालको संविधानमा गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था भए पनि कानुनी व्यवस्था गर्न निकै ठूलो संघर्ष गर्नुपर्यो; प्रधानमन्त्री प्रचण्डले भने, ‘पचासौं लाख गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ। निकै ठूलो संघर्ष र मिहिनेतपछि हामीले सफलता हासिल गरेका छौं । यो निकै ठूलो उपलब्धि हो।’

    त्यस्तै देश विकासमा गैर आवासीय नेपालीहरुको सहयोग महत्वपूर्ण हुने भन्दै उनले गैरआवासीय नेपालीहरुबाट देशले धेरै अपेक्षा गरेको बताए। गैरआवासीय नेपाली संघको राष्ट्रिय महाधिवेशनले एकताबद्ध संघ र बलियो नेतृत्व छनोट गर्ने तथा थप एकताबद्ध भएर अगाडि बढ्ने समेत उनले विश्वास समेत व्यक्त गरे।

    एनआरएनएका अध्यक्ष आचार्यले पर्वत जिल्ला प्रशासन कार्यालयबाट असोज २८ गते गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र पाएका थिए। पर्वतका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्री र प्रधानमन्त्रीले आचार्यलाई नागरिकता प्रदान गर्दै अभियानको सुरुआत गरेका हुन्। यस्तै गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष बद्री केसीले पनि नागरिकताको प्रमाणपत्र लिएको छ। केसीको नागरिकता असोज २९ गते काठमाडौंबाट जारी भएको थियो। गत जेठमा नागरिकतासम्बन्धी ऐन संशोधन भएपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो।

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सिरहामा छिमेकीको कोद ...

    सिरहा, ३ जेठ। सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीको ...

    चनौटे डाँडा : मधेश र ...

      बिशाल बस्नेत महोत्तरी, २ जेठ। गर्मी छल्ने ...

    पेट्रोलमा सात र डिजे ...

    काठमाडौं, ३ जेठ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल