एमाले मधेस प्रदेश अध्यक्षमा मण्डलसहित पदाधिकारी सर्वसम्मत चयन, केही सदस्यमा दोहोरो दाबी

    • आश्विन २६, २०८०
    • ३२५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुरधाम, २६ असोज। नेकपा एमालेले मधेस प्रदेशको पहिलो अधिवेशनले पाँच पदाधिकारी सर्वसम्मत चयन भएका छन्। एमाले मधेस प्रदेश संसदीय दलका नेता समेत रहेका सरोजकुमार यादवले केन्द्रीय नेताले तयार पारेको सूचीमा अरुको दाबी नपरेपछि सर्वसम्मत भएको जानकारी दिए।

    अध्यक्षमा चन्द्रेश्वर मण्डल, उपाध्यक्ष विचारी यादव सचिव मनोज पौडेल र उपसचिवमा आरके भण्डारी र मोहम्मद क्यास सवैसम्मत चयन भएको यादवले बताए। उनका अनुसार घोषणा भने भोलि मात्र हुने उनले बताए।

    अध्यक्षसहित पाँचजनाा पदाधिकारीमा अरुको उम्मेदवारी नपरेकाले उहाँहरु सर्वसम्मत हुनुभयो; यादवले भने, ‘सदस्यहरुमध्ये धेरैमा सहमति जुटेपनि केहीमा दोहोरो दाबी भएकोले मिलाउँदैछौँ’ सबै सहमति गरेर भोलिमात्र औपचारिक टुंगो लगाएर घोषणा गछौं।’

    एमाले सचिव एवमे मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई लगायतका नेताले पदाधिकारीमा सहमति गराएर सोही नाम मनोनयन गरेका थिए।

    मण्डल सर्वम्मत अध्यक्षमा चयन भएपनि अहिलेको पार्टी चलाउन उनलाई सकस हुने एक प्रतिनिधीले बताए। उनले भने, ‘उहाँ पार्टीको इमान्दार, लगतशिल, कर्मठ कार्यकर्ता हो। तर अहिलेको प्रविधियुक्त पार्टीको नेतृत्व गर्न उहाँलाई सकस हुनेछ।’ उहाँ केहि नेताहरुको रवर स्टाम्पको रुपमा मात्र रहने उनले टिप्पनी गरे।


    एमालेको पहिलो पटक भएको मधेस प्रदेश अधिवेशन असोज २४ गते उद्घाटन भएको हो।

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सिरहामा छिमेकीको कोद ...

    सिरहा, ३ जेठ। सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीको ...

    चनौटे डाँडा : मधेश र ...

      बिशाल बस्नेत महोत्तरी, २ जेठ। गर्मी छल्ने ...

    पेट्रोलमा सात र डिजे ...

    काठमाडौं, ३ जेठ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल