सरकार जनताप्रति जवाफदेही हुन नसकेको एमाले अध्यक्ष ओलीको आरोप

    • आश्विन २४, २०८०
    • २५१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुरधाम, २४ असोज। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको वर्तमान सरकारलाई जनताप्रति जवाफदेही बन्न आग्रह गरेका छन्। पार्टीको मधेश प्रदेशको बुधबारदेखि जनकपुरधाममा सुरु भएको प्रथम प्रदेश अधिबेशनको उद्घाटन गर्दै जनजिविकासँग जोडिएका वस्तुको मुल्य दिन प्रतिदिन अकाशिंदै गएको बताउँदै नेपाली जनताको जनजिवनमा असर परेको भन्दै सरकारलाई जनताप्रति जवाफदेही बन्न आग्रह गरेका हुन्।

    उनले जनताको जनजिविकासँग जोडिएका वस्तुको मुल्य दिन प्रतिदिन अकाशिंदा यसले नेपाली जनताको जनजिवनमा असर पर्दा पनि सरकार जवाफदेही बन्न नसकेको आरोप लगाए।
    उनले इजरायलमा फसेका नेपाली विद्यर्थीसहित आमनागरिकलाई उद्धारगरी राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरे। सोही अवसरमा अध्यक्ष ओलीले देश र मधेशको विकासका लागि एमालेको पूर्ण बहुमतको सरकार आवश्यक भएको जिकिर गरे।

    त्यसका लागि एमालेले मिसन ८४ को शुरुवात गरिसकेको बताउँदै हरेक वडामा एमाले कम्तिमा ५१ प्रतिशत हुनेगरी अभियानमा लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए।

    मधेश प्रदेशको प्रमुख पार्टी एमाले भए पनि सरकार बनाउने सिट नपुगेकाले आउने निर्वाचनमा स्पष्ट बहुमत दिन आग्रह गरे। उनले विगतमा आफु नेतृत्वको सरकारको कामकाज देखेर विरोधीले विभिन्न षडयन्त्र गरे पनि एमाले पहिलो शक्तिको रुपमा जनताको माझ रहेको उनले सुनाए।

    आन्तरिक एकता र विरोधीसँग प्रतिस्पर्धा गरी एमालेका नेता कार्यकर्ताले दृढतापूर्वक एकतावद्ध ढंगले अगाडि बढनुपर्ने उनले बताए । एमाले नेतृत्वको सरकारले मात्र देशको समृद्धि कायम गर्न सक्ने भन्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक बनाउने प्रतिवद्धता जनाए।

    कार्यक्रममा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाललाई समृद्ध बनाउन मधेशलाई समृद्ध बनाउन जरुरी रहेको बताए। त्यसका लागि एमालेका सरकार आवश्यक भएको उनको भनाइ छ। एमालेको बहुमत नभएको खण्डमा देशमा राजनीतिक स्थायित्व कायम नहुने भन्दै अगामी निर्वाचनमा एमालेलाई बहुमत दिन उनले आग्रह गरे।

    कार्यक्रममा महासचिव शंकर पोखरेलले देशको विकासका लागि भिजन प्रस्तुत गर्ने पार्टी एमालेमात्र भएको जिकिर गरे। एमाले नेतृत्वको सरकारका लागि मधेश प्रदेशले निर्णायक हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो।

    मुलुकमा राजनीतिक अस्थिरता र समाजिक अराजकता फैलिएको र यसबाट मुक्तिका लागि एमाले बलियो हुनु नै एकमात्र विकल्प रहेको उनको भनाई थियो।
    कार्यक्रममा एमालेका मधेश इन्चार्ज योगेश भटट्राई, कोसी इन्चार्ज रघुवीर महासेठ, धनुषा इन्चार्ज लिलानाथ श्रेष्ठ, महोत्तरी इन्चार्ज जुलीकुमारी महतोसहितले मन्तव्य व्यक्त गरेका थिए।

    ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार’ भन्ने मुलनाराका साथ आजदेखि सुरु भएको प्रदेश अधिबेशनमा एक हजार २७ जना प्रतिनिधिको सहभागिता रहेको छ। अधिबेशनको बन्दसत्र आज रातिदेखि नै सुरु गर्ने तयारी गरिएको प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए।

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सिरहामा छिमेकीको कोद ...

    सिरहा, ३ जेठ। सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीको ...

    चनौटे डाँडा : मधेश र ...

      बिशाल बस्नेत महोत्तरी, २ जेठ। गर्मी छल्ने ...

    पेट्रोलमा सात र डिजे ...

    काठमाडौं, ३ जेठ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल