विलभर्पाभन्दा बढी कपडा लिन आएका राजस्व अनुसन्धान टोलीमाथि मिर्चैयाका व्यसायीले गरे ढुंगामुढा

    • आश्विन २३, २०८०
    • ३८० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २३ असोज। विल–भर्पाईभन्दा बढिभएका कपडा नियन्त्रणमा लिन आएका राजस्व अनुसन्धान कार्यालय इटहरीबाट आएका टोलीमाथि सिरहाको मिर्चैयाका स्थानीय व्यवसायीले ढुंगामुढा गरेका छन्।

    अनुसन्धानका नाममा व्यापारीलाई पटक–पटक दुःख दिएको भन्दै व्यसायीहरुले टोलिमाथि ढुङ्गामुढा गरेका हुन्।

    असोज ४ मा टोलीले मिर्चैया ५ संस्था चौकस्थित कल्याण ट्रेडर्समा छापा मारेका थिए। बहीखाता, बिल भौचरभन्दा बढीरहेको कपडा लिन आएको बताइएको छ। टोलि गोदाममा पस्नासथ स्थानीय व्यवसायीले विरोधकमा करिव एक कण्टा पूर्वपश्चिम राजमार्ग जाम गरेका इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले बताए।

    स्थानीयका विरोधकावीच टोलिलाई सुरक्षीत निकाल्ने क्रममा एक दुईजनाले ढुङ्गा हानेपनि कसैलाई नलागेको डीएसपी बस्नेतले जानकारी दिए।

    असोज ४ मा टोलीले पसलमा छापा मार्दै बहीखाता, बिल भौचर सहितका कागजपत्र नियन्त्रणमा लिएको थियो। अनुसन्धानमा पसलको गोदाममा भएको सामान विलभर्पाईभन्दा बढी रहेको बताइएको छ।

    यस सम्वन्धमा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यसँग सम्पर्क गर्दा हुन सम्पर्क हुन सकेन।

    सो पसलबाट सिरहा, धनुषा र उदयपुरका खुद्रा व्यवसायीलाई सामान जाने गरेको बताइन्छ।

    387323685_1407423226785914_1422815067292322102_n 387333431_296461859848225_8295047657552158691_n

     

    जसपा, नेपालले पार्टी ...

      काठमाडौं, २५ बैशाख। जनता समाजवादी पार् ...

    रास्वपाले सहकारी प्र ...

    काठमाडौं, २५ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ...

    राई नेतृत्वको जसपाले ...

    काठमाडौं, २५ बैशाख। जसपा नेपालबाट फुटेर अशोक राईको ...

    ५० केजी गाँजासहित भा ...

    बिशाल बस्नेत महोत्तरी, २४ बैशाख। महोत्तरी प्रहरीले ५० ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल