प्रशासकिय प्रमुख बनाउने विषयमा विवाद, सिंहदबारभित्रै रौतहट कटहरियाका मेयर अजय प्रकाश र दीपककुमार दुबेबीच हात हालाहाल

    • आश्विन २३, २०८०
    • ३०१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    • इन्दीप कोइराला

    काठमाडौँ, २३ असोज। देशको प्रमुख प्रशासनिक केन्द्र हो, सिंहदरबार। यही सिंहदरबारमा देशभरका जनप्रतिनिधि आ–आफू अनुकुलका कर्मचारीको माँग गर्दै आउने गर्छन्। यस्तै रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश पनि प्रमुख प्रशासकीय अधिकृतको विषय लिएर सिंहदरबार पुगे।

    सिंहदबारभित्र रहेको नेपाली कांग्रेस संसदीय दलको चमेना गृहमा कटहरिया नगर प्रमुख प्रकाश र कटहरिया नगरपालिकाका वडा ५ का स्थानिय दीपक कुमार दुबेबी प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर हातहालाको अवस्था सृजना भयो। नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कसलाई लैजाने भन्ने विषयमा विवाद हुँदा उनीहरुबीच हातहालको अवस्था सृजना भएको हो।

    सामान्य प्रशासन मन्त्रालय कर्मचारी महाशाखाको सहसचिव सुमन दाहालसँगको छलफलमा नगर प्रमुख प्रकाशलले वरिष्ठ कर्मचारी छाडेर पाँचौं तहको कमर्चारीलाई निमित्त रुपमा निर्णय गराउन चाहेको र अन्य कार्यपालिका सदस्यले मेयरको प्रस्तावलाई अस्वीकार गरी नगरपलिकाको वरिष्ठ कर्मचारीलाई नै निमित्तको जिम्मेवारी दिनुपर्ने भन्ने विषयले विवादले हुँदा उनीहरुबीच हातहालाको अवस्था आएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाहिर दुवै पक्षबीच भनाभन सुरु भएको थियो।

    कांग्रेसबाट निर्वाचित मेयर अजय प्रकाशले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नगरपालिकामा कार्यरत पाँचौं तहका कबिर देवानलाई निमितत्तको रुपमा लैजान चाहेका थिए। तर, दुबेले सोही पालिकामा अरु नै वरिष्ठ रहेको हुँदा देवानलाई निमितत्त दिनुहुन्न भन्ने विषयमा अडान लिए। दुवैबीचको अडानल विवाद सुरु भएको हो।

    विवाद चर्किंदै जाँदा हात हालाहालको अवस्थामा मेयरले ज्यान मार्ने गरी दीपक कुमार दुबेको करिब ३० सेकेन्ड जती घाँटी न्याँक्दा त्यहाँ रहेका व्यक्तिले उनीहरुलाई छुट्याएका थिए।

    यो घटना यतिकैमा रोकिएन। नेपाली कांग्रेस संसदीय दलको चमेना गृहमा फेरि दुवै पक्षबीच पुनः भनाभन र हात हालाहाल भएपछि सिंहदरबार प्रहरी सुरक्षा गणको प्रहरी निरीक्षक टोलीले दुवै पक्षलाई नियन्त्रण लिई छलफलका लागि लागेका थिए।

    दीपक कुमार दुबेले भने,‘‘सिंहदरबारभित्र नै असुरक्षित छ? प्रमुखज्यूले मेरो ज्यान मार्ने प्रयास सिंहदरबारभित्र नै गर्नु भयो। सिंहदरबार कति सुरक्षित छ? उहाँसँग रहेका नगरपालिकाका कर्मचारी सुरेन्द यादव र कबिर देवानले मेरो हात समाते र मेयर अजय प्रकासले मेरो घाँटी न्याँक्के। धन्न त्यहाँ अरु पनि थिए र मलाई उद्धार गरे। नत्र त्यहाँ जे पनि हुन्थ्यो। सिंहदरबार कति सुरक्षित छ?’

    यता नगरप्रमुख अजय प्रकाशले दीपक कुमार दुबे नगरपालिकाको व्यक्ति नभएको दाबी गर्छन्। ‘कटहरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कसलाई लैजाने भन्ने विषयमा उनलाई कुनै मतलब बिषय थिएन। तर, उनी जबरजस्ती आफैं विवाद गर्न आए,’ उनले भने, ‘हो, हामीबीच विवाद चर्किंदै जादा हात हालाहाल भएको। तर, यसको सुरु दुबेले गरे। उनले आफुसंग भएको होलमेटले मलाई आक्रमणको प्रयास गरेपछि मेलै प्रतिवाद गरेको हुँ।’
    न्यूज कारखाना।

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सिरहामा छिमेकीको कोद ...

    सिरहा, ३ जेठ। सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीको ...

    चनौटे डाँडा : मधेश र ...

      बिशाल बस्नेत महोत्तरी, २ जेठ। गर्मी छल्ने ...

    पेट्रोलमा सात र डिजे ...

    काठमाडौं, ३ जेठ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल