मधेश प्रदेशका पूर्व अर्थमन्त्री विजय कुमार यादवसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    • आश्विन २१, २०८०
    • ४१२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २१ असोज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार र मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    अख्तियारले पूर्वमन्त्री यादवसहित मधेश प्रदेशका तत्कालीन सचिव श्रेष्ठ, लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्का, स्वास्थ्य विज्ञान प्रतिष्ठानका सञ्चालक समितिका पदाधिकारीहरु अध्यक्ष रेवती प्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।


    निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही दफा १५ बमोजिमसमेत कैद तथा जरिवाना हुन तथा प्रदेश सरकारको मन्त्रीको हैसियतमा रहेका निज विजय कुमारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप कैद सजाय समेत हुन मागदावी गरिएको छ।

    उनीहरुले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तिारको दााबी छ। अख्तियारले उनीहरुसँग १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ असुलउपर गर्न माँग दावी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    सर्लाहीको लालबन्दी नगरपालिकामा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालको सहकार्यमा एन्टी–भेनम प्रोडक्सन् एण्ड रिसर्च सेन्टर, नेपाल (एपीआरसीएन) स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने क्रममा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धानपछि मुद्दा दायर गरेको जनाएको छ।

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सिरहामा छिमेकीको कोद ...

    सिरहा, ३ जेठ। सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीको ...

    चनौटे डाँडा : मधेश र ...

      बिशाल बस्नेत महोत्तरी, २ जेठ। गर्मी छल्ने ...

    पेट्रोलमा सात र डिजे ...

    काठमाडौं, ३ जेठ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल