जनकपुर बिग मार्टमा आगलागि, १० करोडबढीको धनमाल जलेर नष्ट

    • आश्विन २१, २०८०
    • ३७३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुरधाम, २१ असोज। जनकपुर बिग मार्टमा गए राति आगलागी हुँदा करोडौँको मूल्यको धनमाल जलेर नष्ट भएको छ।

    आगलागीबाट जनकपुर उपमहानगरपालिका ९ रामानन्द चोकमा रहेको सो मार्टमा अकस्मात् भएको आगलागीबाट १० करोडभन्दा बढीको धनमाल जलेर नष्ट भएको हो।

    आगो जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो।

    आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले बताए। उनका अनुसार मार्टमा अकस्मात् भएको आगलागीबाट १० करोडभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ। सञ्चालक रायले भने, ‘हामीहरु मार्टको दोस्रो तलामा बसिरहेको थियौं। मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भयौं।’

    विद्युत सर्टभएर आगगाी भएको हुन सक्ने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विद्युत सर्टभएर अगोलागेको अनुमान गरेपनि घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ,

    जसपाको महाधिवेशन सकि ...

    जनकपुरधाम, ३१ जेठ। जनता समाजवादी पार्टी (जसपा) नेपालको ...

    जिल्ला प्रहरी कार्या ...

    सिरहा, ३१ जेठ। जिल्ला प्रहरी कार्यलय सिरहामा कार्यरत एक ...

    गाविस सचिवदेखि प्रमु ...

    लक्ष्मी गौतम पाँचथर — स्नातक तह तेस्रो वर् ...

    जसपा अध्यक्षमा उपेन् ...

    जनकपुरधाम, ३० जेठ। जनता समाजवादी पार्टी (जसपा) नेपालको ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल