भ्रमिक खबर नफैलाउन उद्योग वणिज्य संघ लहानको आग्रह

    • आश्विन १९, २०८०
    • ५८० पटक पढिएको
    • गमक पाेस्ट

    सिरहा, १९ असोज। जिल्ला उद्योग वाणिज्य संघ सिरहाले गोलबजार घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

    संघका अध्यक्ष विकास कुमार सारडाले शुक्रवार विज्ञप्ती जारी गर्दै बाणिज्य आपूर्ति, घरेलु तथा साना उद्योग कार्यालय लहान र गोलबजार नगरपालिकाले संयुक्त रुपमा गरेको अनुगमनको क्रममा भएको मुठभेड प्रति संघको ध्यानाकर्षण भएको जनाएको हो।

    अध्यक्ष सारडाद्वारा जारी विज्ञप्तीमा नगरपालिकाका उप–मेयर र कर्मचारीको पनि उपस्थितमा घटना भएकाले घटनाको विषयमा छानविन गर्न नगरप्रमुखलाई अनुरोध गरेको छ।

    ‘सबै राजनीतिक पार्टीका व्यवसायी संगठन तथा नेकपा एमाले निकट व्यसायीक संगठनका साथीहरुलाई भ्रमिक खबर मिडियामा सम्पे्रसन नगर्न हार्दिक अनुरोध गर्दछौं; विज्ञप्तीमा उल्लेख गरेको छ।

    विज्ञप्तीमा सबै व्यसायीक संगठन तथा व्यसायीहरुलाइ सदभावका साथ व्यपार विजनस गर्न समेत अनुरोध गर्दछौं; भनिएको छ।

    गोलबजार नगरपालिकाकी उपप्रमुख मान्ती साह, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बीरगंजका सुरेश रेग्मी, निरीक्षण अधिकृत लिलाकान्त पौडेल, घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादव, इलाका प्रशासन कार्यालय लहानका प्रतिनिधिसहितको संयुक्त टोलीले बुधबार गोलबजार क्षेत्रको संयुक्त अनुगमन गरेका थिए। अनुगमनको क्रममा टोलीसँग भनाभन हुँदै विवाद चर्किएपछि घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिपेन्द्र यादव माथि दुव्र्यवहार भएको बताइएको छ।

    यस विषयमा विहिवार जिल्ला प्रशासन कार्यालयमा व्यसायीहरुसँगको छलफल पछि सहमति भएको थियो।

    387179544_6736331769783283_588417779416350607_n

    जसपा, नेपालले पार्टी ...

      काठमाडौं, २५ बैशाख। जनता समाजवादी पार् ...

    रास्वपाले सहकारी प्र ...

    काठमाडौं, २५ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ...

    राई नेतृत्वको जसपाले ...

    काठमाडौं, २५ बैशाख। जसपा नेपालबाट फुटेर अशोक राईको ...

    ५० केजी गाँजासहित भा ...

    बिशाल बस्नेत महोत्तरी, २४ बैशाख। महोत्तरी प्रहरीले ५० ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल