व्यवसायी र प्रशासनविच सहमति, भोलीबाट गोलबजार खुल्ने

    • आश्विन १८, २०८०
    • ६६३ पटक पढिएको
    • गमक पाेस्ट

    सिरहा, १८ असोज। चाडपर्वको संघारमा अनुगमनको नाममा व्यापारीहरुलाई दुःख दिएको भन्दै अनुगमन टोलीमाथि बुधबार गोलबजारमा भएको दुव्र्यवहारको विषयमा बिहीबार स्थानीय प्रशासनसँग छलफलसहित सहमति भएपछि शुक्रबारदेखि पुनः बजार खुला हुने भएको छ।

    जिल्ला प्रशासन कार्यालय सिरहामा प्रमुख जिल्ला अधिकारीसहित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख, जिल्ला उद्योग बाणिज्य संघ, उद्योग व्यापार संघ गोलबजारका प्रतिनिधिहरुबीच भएको छलफलमा अनुगमन टोलीमाथि भएको दुव्र्यवहारको घटनाप्रति व्यापारीहरुले दुःख व्यक्त गर्दै अब बजार अनुगमन गर्दा उद्योगी व्यापारीका प्रतिनिधि र संचारकर्मीहरुसहित अनुगमन गर्ने सहमति भएपछि बजार खुल्ने भएको हो।

    आर्थिक मन्दीले व्यापारीहरु पनि समस्यामा रहेकाले बजार अनुगमन गर्दा सबै पक्षलाई ध्यान दिइनु पर्ने लगायतका विषयमा छलफल र मौखिक सहमति भएको गोलबजार उद्योग व्यापार संघका अध्यक्ष विजय साहले जानकारी दिए। अनुगमन टोलीले ज्यादती गरी व्यापारीहरुलाई आतंकित बनाएको भन्दै स्थानीय व्यापारीहरुले बिहीबार दिनभर आफ्नो पसल व्यवसाय बन्द राखेका थिए।

    गोलबजार नगरपालिकाकी उपप्रमुख मान्ती साह, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बीरगंजका सुरेश रेग्मी, निरीक्षण अधिकृत लिलाकान्त पौडेल, घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादव, इलाका प्रशासन कार्यालय लहानका प्रतिनिधिसहितको संयुक्त टोलीले बुधबार गोलबजार क्षेत्रको अनुगमन गरेका थिए। अनुगमनको क्रममा टोलीसँग भनाभन हुँदै विवाद चर्किएपछि घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिपेन्द्र महतोमाथि दुव्र्यवहार भएको बताइएको छ।

    त्यसपछि आक्रोशित व्यापारीहरुले बजार पसल बन्द गरी साँझ करिब एक घण्टा पूर्व पश्चिम सडक बन्द गर्दै भयरहित ढंगले व्यपार व्यवसाय गर्न पाउनु पर्ने मागसहित प्रेस विज्ञप्तिमार्फत् २४ घण्टे अल्टिमटम दिएका थिए।

    गोलबजार उद्योग व्यापार संघले व्यापारीहरुसँग भएको विवादको विषयमा सहजीकरण गर्न खोज्दा अनुगमनमा खटिएका कर्मचारीहरुले उल्टै संघका प्रतिनिधि तथा व्यापारीहरुलाई कानुनी फन्दामा पार्ने धम्की दिएपछि स्थिति तनावपूर्ण बनेको गोलबजार उद्योग व्यापार संघले जनाएको छ।

     

    रास्वपाले सहकारी प्र ...

    काठमाडौं, २५ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ...

    राई नेतृत्वको जसपाले ...

    काठमाडौं, २५ बैशाख। जसपा नेपालबाट फुटेर अशोक राईको ...

    ५० केजी गाँजासहित भा ...

    बिशाल बस्नेत महोत्तरी, २४ बैशाख। महोत्तरी प्रहरीले ५० ...

    मालपोत कार्यालय तौलि ...

    सिरहा, २४ बैशाख। अख्यिार दुरुपयोग अनुसन्धान आयोगले कपिल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल