गोलबजार अनुगमनको क्रममा विवाद, समास्या सुल्झाउन व्यसायीको २४ घण्टे अल्टिमेटम

    • आश्विन १७, २०८०
    • १,५२० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १७ असोज। सिरहाको गोलबजारमा बजार अनुगमनको क्रममा भएको विवादले उग्ररुप लिएपछि आक्रोसित स्थानीय व्यवसायीहले नगरपालिकालाई २४ घण्टे अल्टिमेटम दिएको छ।

    बजार अनुगमनका क्रममा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्ज पर्सा, घरेलु तथा साना उद्योग कार्यालय लहान र गोलबजार नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीको संयुक्त टोलिले व्यसायीलाई पारेको समास्या समाधानका लागि सम्वन्धीत निकायलाई २४ घण्टे अल्टिमेटम दिएको हो।

    व्यसायीहरुले प्रेस विज्ञप्ती जारी गरेको विज्ञप्तीमा संयुक्त अनुगमन टोलिले पसल अनुगमनको नाममा व्यापारीहरुलाई अनावश्यक दुःख दिने नियतले जरिवाना गरी मानसिक तथा आर्थिक यातना दिँदै आतङक मचाएपछि स्थानिय व्यापारीहरु र अनुगमनटोली विच भनाभनको स्थिती सिर्जना भएको उल्लेख गरेको छ।

    जरी विज्ञप्तीमा उद्योग व्यापार संघ गोलवजारका प्रतिनिधिले घटनामा समन्वय गर्न खोज्दा अनुगमनटोलीका कर्मचारीहरुले उल्टै व्यापार संघका प्रतिनिधि तथा व्यापारीहरुलाई कानुनी फन्दामा पार्ने धम्की दिएको प्रति उधोग व्यापार संघ गोलवजारको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

    व्यसायीहरुले अनुगमन टोली र नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले चाडपर्वको वेलामा व्यसायीलाई दुखदिने नियतले घटाएको घटना प्रति घोर भत्र्सना गर्दै सो घटनाले व्यापारीहमा पर्न गएको मानसिक त्रासलाई वार्ताद्धारा सम्वोधन गर्नको लागी सम्वन्धित निकायहरुलाई २४ घण्टे अल्टिमेटम दिएको बताएको छ।

    तोकिएको समयसीमाभित्र व्यसायीहरुको माँग सम्वोधन नभए थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।

    व्यसायी र अनुगन टोलिविच भएको तनावपछि स्थानीय व्यवासायीले बजारबन्द गरेर एक घण्टा पूर्वपश्चिम राजमार्ग मन्द गरेका थिए। प्रहरीले बन्द खुलाएपछि आक्रोसित व्यसायी नगरपालिकामा तालाबन्दी गर्न पुगेका थिए।

    तालाबन्दी गर्न पुगेका व्यवसायीहरुले फाईन ठोकेका व्यसायीहरुको फाईन रकम नगरपालिकाले वा नगरपालिकाबाट गएका जनप्रतिनिधी र कर्मचारीले व्यहोर्नुपर्ने माँग गरेका छ।

    अनुगमन टोलिले भने शान्तिपूर्ण रुपमा बजार अनुगमनको क्रममा आफूहरुमाथि हातपात र ढुंगा मुडा गरी बजार अनुगगमनमा बाधा पु¥याएको बताएका छन्। नियमित बजार अनुगमनको क्रममा आफूहरुमाथि भएको घटना निन्दनीय भएको भन्दै दोषीमाथि कडा कार्वाहीको माग समेत अनुगमन टोलीले गरेका छन्।

    आक्रोसित व्यसायीले घरेलु उद्योग तथा साना उद्योग कार्यालय लहानका उद्योग अधिकृत दिपेन्द्र कुमार यादवलाइ दुर्ववहार  गरेको  जनाएका छन्। 

    बजार अनुगमन टोलीमा गोलबजार नगरपालिकाका उपप्रमुख मान्ती साह, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विरगंजका सुरेश रेग्मी, निरीक्षण अधिकृत लिलाकान्त पौडेल, घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादव, इलाका प्रशासन कार्यालयका प्रतिनिधि लगायतका रहेका थिए।

    GBR3 GBR3 GB^4

    जसपा, नेपालले पार्टी ...

      काठमाडौं, २५ बैशाख। जनता समाजवादी पार् ...

    रास्वपाले सहकारी प्र ...

    काठमाडौं, २५ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ...

    राई नेतृत्वको जसपाले ...

    काठमाडौं, २५ बैशाख। जसपा नेपालबाट फुटेर अशोक राईको ...

    ५० केजी गाँजासहित भा ...

    बिशाल बस्नेत महोत्तरी, २४ बैशाख। महोत्तरी प्रहरीले ५० ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल