सिरहामा मौलायो तस्करी, राजश्व अनुसनधानद्वारा एक हप्तामा दुई करोडबढीको कपडा बरामद

    • आश्विन १६, २०८०
    • ३७६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    आशिष विश्वकर्मा

    सरहा १६ असोज। पछिल्लो समय सिरहा तस्करीको अखडा बन्दै गइरहेको पाइएको छ। आन्तरिक राजश्वले निरन्तररुपमा ठूलो परिमाणमा कपडा बरामद गर्नुले जिल्लाका प्रहरी, प्रशासन र भन्सार कार्यालयका कर्मचारीकै मिलोमतोमा व्यापक तस्करी भइरहेको पुष्टि गरेको छ।

    जिल्लाको ४६ किलोमिटर खुल्ला सीमानाकामा दर्जनौ स्थानमा प्रहरी विट र त्यसमार्फत सयकडौं प्रहरी परिचालित छन्। सीमाक्षेत्रमा दिनरात प्रहरी परीचान गरिएकोभएपनि तस्करीको पारो भने उच्च विन्दुमा पुगेको देखिन्छ।

    पछिल्लो एकसातामामात्र राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिरहाबाट २ करोडभन्दा बढीको तस्करीका कपडाहरु बरामद गरेका छन्। जिल्लाका प्रहरी प्रशासनभने वेखवरजस्तै देखिएको छ।

    राजश्व अनुसनधान कार्यालयले दिनहुँ कपडा बरामद गर्न थालेपछि सिरहाका प्रहरी अधिकारीहरु दबाब खेप्न नसकेर आफ्नो बचाउका लागी केहि समानहरु पक्राउ गरिएको स्रोतको दावी छ। त्यहि दवावका कारण आज मंगलबार विहान सशस्त्र प्रहरी बल सिरहाले बिशेष सुचनाको आधारमा सिरहा नगरपालिका १८ तारापट्टीबाट भन्सार छलि लुकाई छिपाई राखेको करिव ८० लाख बराबरको ७८ पोका कपडा बरामद गरेको छ। बरामद कपडा आजै राजश्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको छ।

    प्छिल्लो एकसाताको अवधिमा सिरहाबाट राजस्व अनुसन्धान कार्यालय ईटहरीले १३ गते ४० लाख बराबरको कपडा, १५ गते भन्सार छलीका लत्ताकपडा लोड गरिएको प्रदेश १–०२–००१ ख ९२३८ नम्बरको ट्रक र ३२ लाख बराबरको कपडा नियन्त्रणमा लिएको थियो।

    त्यसैगरी टोलीले १४ गते आइतबार बिहान सिरहा नगरपालिका १५ बाट करिब ५० लाख रुपैयाँको लत्ताकपडा बरामद गरेको थियो।

    यस अघि मिर्चैयाको एक कपडा पसल तथा गोदाममा राजश्व अनुसन्धान कार्यालयले छापा मारेको थियो।

    राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिरहाबाट मात्रै करिव दुई करोड भन्दाबढीको तस्करी (भन्सार छलेर) गरि ल्याएको कपडा बरामद गरिएको राजश्व कार्यालय इटहरीको प्रमुख सुरेश आचार्यले जानकारी दिए।

    पछिल्लो केहि दिनदेखि राजस्व अनुसन्धानको कपडा पसलमा छापा र निरन्तर कपडा बरामदले सिरहामा सुरक्षा निकाय र प्रशासनको मिलेमत्तोमै तस्करी फस्टाएको पुष्टि गरेको स्थानीयहरु बताउँछन्। तस्करीको सामान खुल्याम रुपमा नेपाल भित्रीनुले पनि भन्सार कार्यालयका कर्मचारी, प्रहरी र प्रशासनको सेटिङ्गमै तस्करी हुनेगरेको स्थानियहरुको भनाई छ।

    राजस्व अनुसन्धान कार्यालयले मोरङ्ग र सुनसरीबाट हुने चोरी तस्करीमा निगरानी बढाएपछि त्यताका तस्करहरु सप्तरी, सिरहा र धनुषाका नाकाहरु प्रयोग गरेको देखिएको प्रमुख सुरेश आचार्यले बताए। उनले भने, ‘सुनसरी, मोरङ्गमा हाम्रो उपस्थितिले गर्दा चोरी तस्करी नियन्त्रणभएपछि अहिले त्यहि तस्कहरु पश्चिमतर्फ सर्दै आएको देखिएको छ। हामी पनि निरन्तर रुपमा नियन्त्रणको लागि प्रयास गरिरहेका छौं यसमा सवैपक्षको सहयोग आवश्यक छ।’

    Hoarding_Editable

    रास्वपाले सहकारी प्र ...

    काठमाडौं, २५ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ...

    राई नेतृत्वको जसपाले ...

    काठमाडौं, २५ बैशाख। जसपा नेपालबाट फुटेर अशोक राईको ...

    ५० केजी गाँजासहित भा ...

    बिशाल बस्नेत महोत्तरी, २४ बैशाख। महोत्तरी प्रहरीले ५० ...

    मालपोत कार्यालय तौलि ...

    सिरहा, २४ बैशाख। अख्यिार दुरुपयोग अनुसन्धान आयोगले कपिल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल