सिरहामा तस्करी मौलायो, राजस्व अनुसन्धान कार्यालयद्वारा दिनहुँ अबैध कपडा बरामद

    • आश्विन १५, २०८०
    • ४४४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १५ असोज। राजस्व अनुसन्धान कार्यालय इटहरीले सिरहाबाट पछिल्लो केहिदिनदेखि दिनहुँजसो तस्करी अवैध कपडा बरामद गरेको छ।

    राजस्व अनुसन्धान टोलिले विशेष सूचनाको आधारमा आजपनि सिरहा नगरपालिका १५ सुखचैनबाट ३२ लाख मूल्य बरावरको अवैध कपडा बरामद गरेको हो।

    भन्सार छलेर भारतबाट ल्याइएको भन्ने विशेष सुचनाको आधार सोमबार बिहान सो कमडा नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिए।

    छिल्लो केहि दिनदेखि राजस्व अनुसन्धानको कपडा पसलमा छापा र निरन्तर कपडा बरामदले सिरहामा सुरक्षा निकाय र प्रशासनको मिलेमत्तोमै तस्करी फस्टाएको पुष्टि भएको स्थानीय बताउँछन्। जिल्लाको नाका र सीमाक्षेत्रमा शुरक्षा निकायको बाक्लो उपस्थिति हुँदापनि भन्सार छलेर सामान भित्रीनु मिलेमत्तोको उदाहरण भएको उनीहरुको भनाई रहेको छ।

    यसअघि राजस्वले शनिबार बिहान सिरहा नगरपालिका १५ मा रहेको चन्द्र नारायण आधारभूत विद्यालय परिसरको बगैँचाबाट करिब ५० लाख रुपैयाँ, आइतबार बिहान चोहर्वाबाट ५० लाख रुपैयाँ बराबरको कपडा लगायतका सामानसहित ट्रक पक्राउ गरेको थियो।

    यस अघि मिर्चैयाको एक कपडा पसल तथा गोदाममा राजश्व अनुसन्धान कार्यालयले छापा मारेको थियो।

    जसपा, नेपालले पार्टी ...

      काठमाडौं, २५ बैशाख। जनता समाजवादी पार् ...

    रास्वपाले सहकारी प्र ...

    काठमाडौं, २५ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ...

    राई नेतृत्वको जसपाले ...

    काठमाडौं, २५ बैशाख। जसपा नेपालबाट फुटेर अशोक राईको ...

    ५० केजी गाँजासहित भा ...

    बिशाल बस्नेत महोत्तरी, २४ बैशाख। महोत्तरी प्रहरीले ५० ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल