मधेश प्रदेशका शिक्षा तथा स्वर्गिय बोध नारायण यादव स्मृति फुटवल प्रतियोगिताको उपाधि बर्दिवालाई

    • आश्विन १५, २०८०
    • ३२५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १५ असोज। सिरहाको गोलबजारमा सम्पन्न स्वर्गिय बोध नारायण यादव स्मृति दोस्रो फुटवल प्रतियोगिता २०८० को उपाधि बर्दिवासले हात पारेको छ।

    आरम्भ स्पोर्टस एकेडेमी गोलबजार २ ले खेलग्राममा आयोजना गरेको प्रतियोगितामा बीवाईसी वर्दिवासले गोलबजार स्पोर्टस क्लवलाई एकको विरुद्ध पाँच गोलगर्दै उपाधी हातपारेको हो।

    प्रतियोगितामा प्रथम हुने बीवाईसी बर्दिवासले ५१ हजार नगदसहित कप प्राप्त गरेको र दोस्रो हुने टिम गोलबजार स्पोर्टस क्लवले नगद ३१ हजार र कप प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष रामकुमार यादवले जानकारी दिए।

    प्रतियोगितामा बर्दिवासका तर्फबाट जर्सि नम्वर ११ का विकेश घिसिङ्ग, जर्सि नम्वर १७ का अविनास स्याङ्तान, जर्सि नम्वर ९ का अनिल पाचे, जर्सि नम्वर १० का सुदिप आले र जर्सि नम्वर ७ का विशान्त आलेले एक एक गोल गरेका थिए भने,गोलबजारको तर्फबाट युवराज तामाङ्गले एक गोल गरेका थिए।

    प्रतियोगिताको फईनल खेलका प्रमुख अतिथि मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले खेलकुदने व्यक्तिगत, समाज र देशकै नाम विश्वभरी फैलाउने काम गरिरहेको बताए। उनले भने, ‘खेलकुदका कारण युवाहरुले आफ्नो व्यक्तित्व विकाससँगै समाज र देशकै नाम उच्च बनाई रहेको छ। यसको विकासमा सरकारको ध्यान गएको छ।’

    उनले मधेशको खेलकुदको विकास र खेलाडीहरुको संरक्षण गर्न अझै जरुरी रहेको भन्दै त्यसको लागि मधेश सरकारको तर्फबाट काममा आफू पछि नहट्ने वताए।

    सोही क्रममा उनले प्रतियोगिता भईरहेको खेलग्रामक्षेत्रको विकासको लागि आफ्नो मन्त्रालयको तर्फबाट सकेको सवैखालका सहयोग गर्न तयार रहेको बताए।

    प्रमोद यादवको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको समापन समारोहमा नेपाली काँग्रेसका जिल्ला अध्यक्ष रामचन्द्र यादव, विभिन्न दलका प्रतिनिधीहरु, समाजसेवी तथा बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो। प्रतियोगितामा कोसी र मधेश प्रदेशका आठ वटा टीमको सहभागीता थियो।

     

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल