सिरहा, १६ असार। सिरहा प्रहरीले १४ किलो प्रतिवन्धित लागुऔषध गाँजासहित एक वृद्धलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धनगढी र आलुऔषध नियन्त्रण व्यूरो गोलबाजरको संयुक्त टोलिले धनगढीमाई नगरपालिका ३ बाट स्थानीय ६५ वर्षिय जोगिन्द्र साहलाई उक्त परिमाणको गाँजासहित सोमबार राति नियन्त्रणमा लिएको हो।
लगुऔषध लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले पुगेका थिए। प्रहरीले खोजतलासको क्रममा बारीमा बोरामा लुकाई रखेको अवस्थामा गाँजा फेलापरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दए।
गाँजासहित नियन्त्रणमा लिएको साहलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।






















