फेरवदल भएको सीमाङ्कन सच्याउनमाँग गर्दै स्थानीयले बुझाए नगरमा ज्ञापत्र

    • आश्विन १४, २०८०
    • ५४४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १४ असोज। गोलबजार नगरपालिकाका केही वडाहरुको फेरवदल भएको सीमाङ्कन तत्काल सच्याउनमाग गर्दै स्थानीयले पालिकामा ज्ञापत्र बुझाएको छ।

    गोलबजार नगरपालिकाले २ मा रहेको कुम्भीखाडी सदा मुसहर ताल तथा खुम्भीखाडी सामुदायिक वनक्षेत्र र वडा नम्वर १० को चुरेसातपत्रे सामुदायीक वन क्षेत्र वडानम्वर ७ को नक्सामा स्थानान्तर गरिएको भन्दै तत्काल फिर्तागर्न माँग गर्दै ज्ञापनपत्र बुझाएको हो।

    कुम्भीखाडी सदा मुसहर ताल तथा खुम्भीखाडी सामुदायिक वन संघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा ‘गोलबजार नगरपालिका २ साविक लालपुर गाविस वडा नम्वर १ अन्तर्गत रहेको कुम्भीखाडी सदा मुसहर ताल तथा खुम्भीखाडी सामुदायिक वन र अन्य जग्गाहरुलाई गोलबजार नगरपालिकाले हालै जारी गरेको नक्साप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। वडा नम्वर २ मा रहेको सो पर्यटीय तथा वन क्षेत्रमा पर्ने जग्गाहरु नगरपालिकाले हालसालै जारी गरिएको नक्सामा वडा नम्वर ७ मा स्थानान्तरण गरिएको देखिएको छ। यसरी पर्यटकीय क्षेत्रमा विकास हुँदैगरेको ताल तथा वनक्षेत्रलाई आफूलाई पायकपर्ने वडामा स्थानान्तरण गर्नुले नगरवासीमा गम्भिर आशंका उत्पन्न भएको छ।’

    सोही ज्ञपानपत्रमा उल्लेख भएको छ, ‘गोलबजार नगरपालिका १० मा रहेको चुरेसातपत्रे सामुदायीक वन क्षेत्र तथा अन्य जग्गाहरु समेत कट्टागरी वडानम्वर ७ मा गाभेको प्रति हाम्रो ध्यानाकर्षण भएको छ। यसरी सरोकारवालाहरुलाई जानकारी नै नगराई नक्सा साटफेरको घटनाप्रति सम्पूर्णवडा नगरवासी र सरोकारवाला निकायको गम्भिर ध्यानाकर्षण भन्दै जारी नक्सा तत्काल खारेज गरी साविककै नक्सा अनुसार पुनः नक्सा परिमार्जनगरी जारी गर्न आव्हान गर्दछौं। हाम्रो माँगलाई वेवास्ता गरिए हामी चरणवद्ध आन्दोलनमा उत्रन बाध्य हुने छौं।’

    ज्ञापनपत्र बुझ्दै गोलबजार नगर प्रमुख श्याम कुमार श्रेष्ठले आफूहरुले नक्सा परिमार्जन नगरेको भन्दै आफूहरुले पनि हालैमात्र जानकारी पाएको बताए। उनले नगर गठनकै क्रममा तत्कालिन जिल्ला विकासका प्रमुखको नेतृत्वमा तयार भएको नक्सामा केही तलमाथि देखिएपनि यसलाई साविक अनुसारकै नक्सा सच्याउन आफ्नो तर्फबाट सवैखालको भूमिका निभाउन तयार रहेको बताए।

    मेयर श्रेष्ठले भने, ‘यो हामीले गरेको होइन, पुरानै नक्सा हो। तर, यसलाई हाम्रो भोग अनुसारको नक्सा सच्याउन जरुरी छ। त्यसको लागि नगरले गर्नुपर्ने सवैकाम गर्न तयार छौं। तपाईंहरुले पनि यसमा पहल लिनुपर्छ।’

     

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सिरहामा छिमेकीको कोद ...

    सिरहा, ३ जेठ। सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीको ...

    चनौटे डाँडा : मधेश र ...

      बिशाल बस्नेत महोत्तरी, २ जेठ। गर्मी छल्ने ...

    पेट्रोलमा सात र डिजे ...

    काठमाडौं, ३ जेठ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल