सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको अवस्थामा सिरहाको गोलबजारबाट करिव दुईलाख ३४ हजार मूल्य बरामरको मोवाईल बरामद गरेको छ।
प्रहरीले सिरहाको व्यस्त बजार गोलबजार नगरपालिका ६ बाट दुईलाख ३४ हजार तीय सय ८० रुपैयाँ मूल्य बरामरको १८ वटा मोबाइलसेट र नम्वर नभएको एकथान भारतिय मोटरसाइकल बरामद गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरीले मोटरसाइकल सहित मोवाईल बरामद गरेको सशस्त्र प्रहरी बल सिरहाका एसपी प्रमोद भारती जानकारी दिए। भरतीय सीमाक्षेत्रबाटै प्रहरीले पछ्याँदै आएपनि तस्कर गोलबजारमा मोटरसाइकल छोडेर भाग्न सफल भएको प्रहरीको भनाई छ।
पच्छ्याई रहेको जानकारी पाएर तस्कर सामानसहितको मोटरसाइकल छोडेर भागेको हुनसक्ने प्रहरीको भनाई छ।
बरामद मोटरसाइकल र १८ थान मोबाइल आवशयक कार्वाहीको लागि जिल्ला भन्सार कार्यालय माडर खेरौना पठाइएको एसपी भारतीले जानकारी दिए।