जवरजस्ती करणी उद्योग विरुद्ध प्रहरीमा उजुरी, घटना मिलाउन छलफल

    • आश्विन ८, २०८०
    • २६५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    आशिष विश्वकर्मा

    सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक महिलामाथि जवरजस्ती करणीको प्रयास गरेको उजुरी परेको छ। मिर्चैया नगरपालिका १२ भरही–टिकुलियाका करिव ३५ वर्षिय रामदेव दासविरुद्ध ती महिलाले जवरजस्ती करणी उद्योगमा इलाका प्रहरी कार्यालय मिर्चैयामा जाहेरी दिएको हो।

    पीडित महिलाले आफूमाथि गत शनिवार राती नहरबाट पानी पटाउन गएकाबेला दासले गलत व्यवहार गरेको बताएको छ। उनले भने, ‘म, थप एकजना महिला र दास नहरको पानी खेतमा लाउन गएको थिएँ। पानी पनि उनैले खोततर्फ डोर्याईदिए। फर्कने बेलामा दासले आफूसँग अभद्र व्यहार गर्यो।’

    घटनाको विषयमा उजुरी हाल्न प्रहरीको आउँदा पनि प्रहरीले आलटाल गरेको उनको महिलाको आरोप रहेको छ।

    घटना मिलाउन गाउँमा र इलाका प्रहरी कार्यालयमा समेत छलफल भएको स्थानीय समाजसेवीले जानकारी दिए। उनले भने, ‘गाउँ मा र थानामा पनि घटना मिलाउने विषयमा छलफल भएको छ। प्रहरीले उजुरी लिएपनि अझै दर्ता नगरेको छैन।’

    आजै प्रहरीले दास र महिलालाई राखेर सोधपुछ गरेर छोडीदिएको छ। यस्तो सम्वेदनशिल विषयमा पनि पीडकलाई सोधपुछ गरेर छोड्नुले आशंका उब्जिएको नाम नवताउने सर्तमा ती समाजसेवीले बताए।

    इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र वस्नेतले दास विरुद्ध उजुरी परेको जानकारी दिए। डीएसपी वस्नेतले भने, ‘दास विरुद्ध जाहेरी परेको छ, हामीले घटनाबारे अनुसन्धान गरिरहेका छौं, भोली सम्मा हामी यसलाई प्रकृयामा लान्छौं।’

    डीएसपी बस्नेतले पनि आजै उजुरी परेकोले अनुसन्धान भईरहेको भन्दै भोलीसम्मा प्रकृया सुरुहुने बताए।

    घटना मिलाउने विषयमा प्रहरी चौकीमा कुनै प्रकारको छलफल नभएको डीएसपी वस्नेतले बताए। उनले भने, ‘आजैमात्र उजुरी परेको हो। उजुरी लगतै हामीले छानविन प्रकृया अगाडी थालिसकेका छौं, यहाँ कुनै प्रकारको छलफल पञ्चायत भएको छैन।’

    Hoarding_Editable

     

    प्रशासनको मनपरी तन्त ...

    सिरहा, १९ मंसिर। नेपाली काँग्रेस जिल्ला समितिले स्थानीय ...

    अवैध लागु औषधसहित यु ...

    सिरहा, १९ मंसिर। सिरहा प्रहरीले प्रतिवन्धित लागु औषधसहि ...

    ‘प्यारालाइज्ड’ अख्ति ...

    तारा चापागाईं  नेपालको कर्मचा ...

    गणतन्त्र रक्षाको ला ...

    बर्दिवास, १९ मंसिर। नेपाल कम्युस्टि पार्टी (माओवादी केन ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल