खोलामा खनिएको खाल्डोमा डुवेर धनुषामा एक बालकको मृत्यु

    • आश्विन ७, २०८०
    • १७१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    धनुषा, ७ असोज। धनुषाको बिगही खोलामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। शनिबार दिउँसो साथीहरुसँगै खेल्न गएका धनुषाको बटेश्वर गाउँपालिका १ धुमासन टोलका बिनोद महतोका ११ वर्षीय छोरा धिरज कुमार महतो खाल्डोमा डुवेर मृत्यु भएको हो।

    ढुंगा–गिट्टी उत्खनन् गर्नका लागि खनिएको खाल्डोमा जमेको पानीमा उनीहरु नुहाउन खोजीरहेका बेला चिप्लिएर खाल्डोमा खसेका उनी लामो समयसम्म बाहिर ननिस्केपछि सँगै गएका उनका साथीहरुले स्थानीयलाई खवर गरेका थिए।

    स्थानीयले खाल्डोबाट बाहिर निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्याए पनि डाक्टरले मृत घोषणा गरेका थिए।

    बटेश्वर गाउँपालिकाको कार्यालयले तीन वर्ष अघि सो खोलाबाट ढुंगा–गिट्टी उत्खनन गर्न ठेक्का लगाएको थियो। पछि ठेक्का रद्द गरिए पनि ठेकेदारले लुकीचोरी डोजर लगाएर उत्खनन जारी राखेका थिए। त्यही क्रममा खोलामा खनिएको ठूलो खाल्डोमा पानी जमेको छ। सोही खाल्डोमा परेर धिरजको मृत्यु भएको स्थानीयको भनाई छ।

    घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    Hoarding_Editable

    प्रशासनको मनपरी तन्त ...

    सिरहा, १९ मंसिर। नेपाली काँग्रेस जिल्ला समितिले स्थानीय ...

    अवैध लागु औषधसहित यु ...

    सिरहा, १९ मंसिर। सिरहा प्रहरीले प्रतिवन्धित लागु औषधसहि ...

    ‘प्यारालाइज्ड’ अख्ति ...

    तारा चापागाईं  नेपालको कर्मचा ...

    गणतन्त्र रक्षाको ला ...

    बर्दिवास, १९ मंसिर। नेपाल कम्युस्टि पार्टी (माओवादी केन ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल