मिर्चैयाको कपडा पसलमा राजस्व अनुसन्धानको छापा

    • आश्विन ४, २०८०
    • ४७४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ४ असोज। राजस्व अनुसन्धान कार्यालय इटहरीले सिरहाको मिर्चैयामा रहेको एक कपडा पसलमा छापा मारेको छ। विशेष सुचनाको आधारमा आयका अनुसन्धान टोलिले मिर्चैया नगरपालिका ५ संस्थाचौकमा रहेको कल्याण ट्रडेसमा छापा मारेको हो।

    अनुसन्धान कार्यालयले राजश्व छलेर ल्याएको कपडा राखिएको छ भन्ने विशेष सुचनाको आधारमा पसलमा छामा मारेको इटरी प्रमुख सुरेश आचार्यले जानकारी दिए।

    उनले आफूहरु विशेष सुचनाको आधारमा बुधबार नै यहाँ आएको भएपनि प्रोपराइटर मुरारी साह नभएकाले आजबाट मात्र पसलमा भएको कपडाको स्टक लिने कार्य गरिरहेको बताए। प्रमुख आचार्यले भने, ‘हामी बुधबार नै आएका थियौं, मुख्य सञ्चालक आफै नभएकाले आज विहिवारबाट मात्रै स्टकलिने काम भईरहेको छ। स्टक तयार भएछिमात्र बाँकी प्रकृया आगाडी बढ्छ।’

    असार मसान्तमा भएको क्लोजिङ स्टक, ओपनिङ स्टक, पर्चेज विल, भन्सारको प्रज्ञापनपत्र र यहाँ गोदाम तथा पसलमा रहेको स्टकको मिलानपछिमात्र यहाँ राजश्व छलिको सामान कति हो भन्ने भन्न सकिने आचार्यले बताए।

    उनले आफूले अनुमान गरेको भन्दा धेरै सामान रहेकाले यसको सवै प्रकृया पुर्याउन समय लाग्ने बताए। उनले भने, ‘मैले योत्रो समान छ भन्ने सोचेको पनि थिइन। हामीलाई सूचना दिनेले पक्का सूचना दिनुभएको रहेछ। बहिरबाट हेर्दा सामान्य लागेपनि सामान सोचेभन्दा धेरै रहेछ।’

    अनुसन्धानकार्य भर्खर सुरुभएकाले अहिले तत्कालै केही भन्न नसकिने अचार्यले बताए।

    सशस्त्र प्रहरीले घरघेरेर बसेपछि स्थानीय व्यसायी आतङ्कीत

    सशस्त्र प्रहरीले कपडा पसल तथा गोदाम भएको घर घेरेर बसेका व्यवसायी आतङ्कीत बनेको छ। गोदाम र पसल सहितको घर सशस्त्र प्रहरीले घेरेर वसेपछि स्थानीय व्यवसायी त्रसित भएका छन्।

    राजस्व अनुसन्धान कार्यालय इटहरीबाट आएको हतियार सहितको सशस्त्र प्रहरीले रातभरी घर घेरेकाले निदाउन समेत नसकेको व्यसायीले बताए।

    बुधबार अपरान्ह ३ बजेदेखि नै आएका राजस्व अनुसन्धान कार्यालय इटहरीका टोलिले पसल, गोदाम र घर खानलासी गरीसकेर पनि हतियार सहितका प्रहरीले घर घेरेर बस्दा आफूहरु रातभरी सुत्न नसकेको व्यसायीले बताए। उनीहरुले अनुसन्धान टोलिले पसल, गोदाम, घरका प्रत्यक दराज यहाँ सम्मकी बच्चाहरुको झोलासम्म खोलेर हेरेपनि अझै प्रहरी घरेवन्दिमा बस्नुपर्दा तनाब भएको बताए।

    स्थानीय व्यसायी तथा समाजसेवी अशोक साहले व्यवसायमा तलमाथि भएको भए आवश्यक कार्वाही गर्दा हुन्छ, तर, बम, बारुद्ध भएजस्तो प्रहरीले घेराहालेर बस्दा व्यसायीहरु थप मानसिक तनाव भएको बताए।

    व्यसायी साहले भने, ‘व्यसायीहरुले व्यापार गर्दा कुनै कसुर गरेको भए उनलाई दण्ड जरीवाना गर्दा हुन्छ। तर, व्यावसाय ठप्प भएर मानसिक तनाव खेपीरहेका व्यसायीलाई यो व्यवहारले थप पीडा दिएको बताए।’

    राजस्व अनुसन्धान कार्यालय इटहरीले छापामार्ने पसल शिल गरेको जनाएको छ।
    इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको र प्रहरीले निगरानी गरिरहेको विषयमा आफू जानकार भएपनि औपाचारीक चानकारी नभएको बताए।

    उनलेभने, ‘हिजोबाट राजस्व अनुसन्धान कार्यालयले छापा मारिगरिरहेको भन्ने सुनेपछि म आफै गएको थिएँ। त्यसवेला सवैजना खानाखान जानुभएकोले भेट हुन सकेन। हाम्रोमा औपचारीक जानकारी पनि आएको छैन।’

    अनुसन्धान टोलिले मुख्य व्यसायी घरमा नभएकाले र पसल तथा गोदाममा सामान धेरै भएकाले कुरेर बस्नुपरेको बताए।

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल