सशस्त्र प्रहरीले रातभर घरघेरेपछि मिर्चैयाका व्यसायी आतङ्कीत

    • आश्विन ४, २०८०
    • १,२२५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ४ असोज। सिरहाको मिर्चैयामा रहेको एक कपडा पसलसहितको घर सशस्त्र प्रहरीले घेरेर वसेपछि स्थानीय व्यवसायी त्रसित भएका छन्।

    राजस्व अनुसन्धान कार्यालय इटहरीबाट आएको हतियार सहितको सशस्त्र प्रहरीले २० घण्टाभन्दा लामो समयदेखि मिर्चैया नगरपालिका ५ संस्थाचौकमा रहेको कल्याण ट्रडेसभएको घर घेरेर बसेकाले स्थानीय व्यसायी आतङ्कीत बनेका हुन्।

    बुधबार ३ बजेदेखि नै आएका राजस्व अनुसन्धान कार्यालय इटहरीका टोलिले पसल, गोदाम र घर खानलासी गरीसकेर पनि हतियार सहितका प्रहरीले घर घेरेर बस्दा आफूहरु रातभरी सुत्न नसकेको व्यसायीले बताए। उनीहरुले अनुसन्धान टोलिले पसल, गोदाम, घरका प्रत्यक दराज यहाँ सम्मकी बच्चाहरुको झोलासम्म खोलेर हेरेपनि अझै प्रहरी घरेवन्दिमा बस्नुपर्दा तनाब भएको बताए।

    स्थानीय व्यसायी तथा समाजसेवी अशोक साहले व्यवसायमा तलमाथि भएको भए आवश्यक कार्वाही गर्दा हुन्छ, तर, बम, बारुद्ध भएजस्तो प्रहरीले घेराहालेर बस्दा व्यसायीहरु थप मानसिक तनाव भएको बताए।

    उनी यहाँका हलसेल व्यसायी हुन्। उनले यसक्षेत्रका व्यसायीहरुलाई कपडा आपुर्ति गर्नेगरेको बताइन्छ।

    व्यसायी साहले भने, ‘व्यसायीहरुले व्यापार गर्दा कुनै कसुर गरेको भए उनलाई दण्ड जरीवाना गर्दा हुन्छ। तर, व्यावसाय ठप्प भएर मानसिक तनाव खेपीरहेका व्यसायीलाई यो व्यवहारले थप पीडा दिएको बताए।’

    राजस्व अनुसन्धान कार्यालय इटहरीले छापामार्ने पसल शिल गरेको जनाएको छ।
    इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको र प्रहरीले निगरानी गरिरहेको विषयमा आफू जानकार भएपनि औपाचारीक चानकारी नभएको बताए। उनलेभने, ‘हिजोबाट राजस्व अनुसन्धान कार्यालयले छापा मारिगरिरहेको भन्ने सुनेपछि म आफै गएको थिएँ। त्यसवेला सवैजना खानाखान जानुभएकोले भेट हुन सकेन। हाम्रोमा औपचारीक जानकारी पनि आएको छैन।’

    यस सम्वन्धमा थप बुझ्न राजस्व अनुसन्धान कार्यालय इटरीमा फोन सम्पर्क गर्दा कार्यालयको फोन उठन।

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल