संविधान रक्षा गर्दै थप अधिकारको लागि लड्नुपर्छ : नेता पोखरेल

    • आश्विन ३, २०८०
    • ४२० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ३ असोज। नेकपा (माओवादीकेन्द्र)का सचिव तथा मधेश प्रदेश इन्चार्ज लिलामणि पोखरेलले बर्तमान संविधान सम्झौताको दस्तावेज भएको बताएको छ।

    संविधान दिवसको अवसर पारेर पार्टीको धनगढीमाई नगरकमिटीले आयोजना गरेको ‘वर्तमान संविधान र हाम्रो दृष्टिकोण’ विषयक अभिमुखिकरण कार्यक्रममा नेता पोखरेलले आफ्नो पार्टीले चाहेजस्तो नबनेपनि सवैको सहमतिमा संविधान जारी भएको बताएको हो।

    dhangadhi

    ‘संविधानसभाबाट जारी संविधान पूर्ण नभएपनि यसका राम्रा पक्षहरुको संरक्षणगर्दै थप अधिकारको लागि अगाडी बढ्नु जरुरी छ; नेता पोखरेलले भने, ‘हाम्रै पार्टीले चाहेजस्तो संविधान यो होइन्, तर, यसले संघियता, धर्मनिरपेक्षता तथा महिला, दलित, पछाडीपारीएका समुदायलको अधिकारको रक्षा गरेको छ, त्यसलाई बचाउँदै थप अधिकार आवश्यक छ।’

    यो संविधान पुरै खराव पनि होइन, यसलाई धेरै उत्कृष्ट पनि भन्न नसकिने नेता पोखरेलले बताए। त्यसैले कमिकमोजरीका बावजुत अहिले यसको रक्षा गर्दै अगाढी बढ्नुपर्ने आवश्यकता रहेको औंल्याए।

    मन्तव्यकै क्रमम नेता पोखरेलले यो संसदिय व्यवस्थाका कारण देशमा भ्रष्टचार मौलाएको भन्दै यसमा संशोधन खाचो रहेको बताए।

    उनले भने, ‘महगो चुनावी प्रणालिले भ्रष्टचार मौलाएको छ। एकजना संसद जित्न १५ करोडसम्म खर्च गरेको छ। जसले १५ करोड लगाएर चुनाव जितेको छ। उसले देश र जनताको हितको कुरा गर्छ की १५ कारोड असुल्ने र आउने चुनावको खर्च जोहो गर्छ।’

    यो प्रणालिले व्यक्ति मात्र हैन पार्टीहरुलाई नै भ्रष्ट बनाएको नेता पोखरेलले जिकिर गरे। उनले भने, ‘प्रत्यक चुनावमा पार्टीले जित्ने उम्मेदवार खोज्ने, जित्न पैसा भएको व्यक्ति हुनुपर्ने, अनि वर्षै देश, जनता र पार्टी भनेर हिडेकाहरु उनको झोले भएर हिड्नु परेपछि पार्टी कहाँ पुग्छ?’
    ‘त्यसैले पनि हामीले संविधानका राम्रापक्षको रक्षागर्दै थप अधिकार प्राप्तिको लागि लड्नुपर्ने जरुरी भएको छ।’ नेता पोखरेलले भने।

    अहिले हिन्दुधर्मको नाममा प्राप्त अधिकारहरुलाई ओझेलमा पार्ने प्रपञ्च भईरहेको नेता पोखरेलले बताए। उनले भारत तर्फ इसारागर्दै यो दक्षिणको इसारामा यस्तो कार्यहरु भईरकेको पनि दावी गरे।

    सोही क्रममा नेकपा (माओवादीकेन्द्र) का केन्द्रिय सदस्य प्रकाश पोखरेलले वर्तमान संविधानका राम्राकुराको संरक्षण गर्दै थप अधिकारको लागि नयाँ ढङ्गले सोच्नु पर्ने बताए। उनले यो संविधानमा केही राम्रा कुरा भएपनि पूर्ण नभएको बताए।

    उनले संसदिय व्यवस्थालाई देशले खेप्न नसक्ने बताए। उनले सधै सरकार बनाउने र ढाल्ने खेल चलिरहने यो व्यवस्था देश अनुकुल भनएको भन्दै आफ्नो पार्टी अझैपनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालिको पक्षमा रहेको बताए।

    धनगढीमाई नगर अध्यक्ष प्रकाश योञ्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य रुविकर्ण, प्रदेश सदस्य प्रवेश लामा लगायतको उपस्थिति रहेको थियो।

     

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सिरहामा छिमेकीको कोद ...

    सिरहा, ३ जेठ। सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीको ...

    चनौटे डाँडा : मधेश र ...

      बिशाल बस्नेत महोत्तरी, २ जेठ। गर्मी छल्ने ...

    पेट्रोलमा सात र डिजे ...

    काठमाडौं, ३ जेठ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल