उद्यमशीलता तालिमपछि आयआर्जन गर्दै फुला

    • भदौ २४, २०८०
    • २४४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २५ भदौ। घरायसी व्यवहार चलाउन दुई चार सय रुपैयाँको खाँचो पर्दा आफन्त र छरछिमेकसँग माग्दा पनि नपत्याएकी २५ वर्षीया फूलाकुमारी मण्डल अहिले घरमै बसेर दैनिक सात सय रुपैयाँ कमाईरहेकी छन्। ‘घर व्यवहारका लागि सरसापटी माग्दा कसैले पनि नपत्याएकी म अहिले आफ्नै घर अगाडि गुम्तीमा चलाएको किराना पसलबाट आम्दानी गरिरहेकी छु’ मण्डलले भनिन्।

    सिराहाको धनगढीमाई नगरपालिका २ भवानीपुर घर भएकी मण्डल पुख्र्यौली सम्पत्तिको नाममा करिब डेढ धुर जग्गाबाहेक केही नभएको बताउँछिन् । डेढ धुर जग्गामा बनाएको झुपडीमा बस्ने गरेको भएपनि हातमुख जोड्न कृषि मजदूरी गर्नुको बिकल्प नरहेकी उनले स्थानीय राधाकृष्ण हरवा चरवा महिला समूहको सहयोगमा आफूले आयआर्जन गरिरहेको बताइृन् । ‘श्रीमान सरेश मण्डल गाउँघरमा कृषि मजदूरी गर्छन्’ उनले भनिन् ‘म घरमै बसेर छोरा स्याहार्नुका साथै किराना पसल चलाइरहेकी छु।’

    समुदाय स्तरमा महिला बचत समूहमार्फत् बचत गर्नुका साथै आयआर्जन सम्बन्धी लघुउद्यम सम्बन्धी व्यवसाय गर्न प्रेरित गर्ने उद्देश्यले सिरहाको लहानमा २०७८ साल पुसमा लहानमा संचालित तीन दिने लघु उद्यम सम्बन्धी तालिममा सहभागी भएकी उनले दुई महिलना लगत्तै फागुनदेखि घरमै बसेर किराना चलाउन थालेकी हुन् । ‘गाउँमा आफू जस्तै महिलाहरु संगठित रहेको राधाकृष्ण हरवा चरवा महिला समूहकी अध्यक्ष पनि हुँ’ उनले भनिन् ‘समूहको मासिक बैठकमा साना व्यवसायका लागि फिर्ता गर्ने गरी केही ऋणका लागि निवेदन दिएकी थिएँ ।’ समूहले निर्णय गरेपछि पाएको २० हजार रुपैयाँ लगानी गरेर घर अगाडि गुम्तीमा किराना पसल चलाइरहेकी छु।’

    घरधन्दा, बच्चाको स्याहार गरेर घरमै चलाएको किराना पसलमा दैनिक करिब सात सय रुपैयाँको सामान बिक्री हुने गरिरहेको उल्लेख गर्दै उनले भनिन् ‘त्यसमा कम्तिमा दुईदेखि तीन सय रुपैयाँ मुनाफा हुन्छ ।’ त्यही मुनाफा र श्रीमानको मजदूरीले घर व्यवहार चलाउनुका साथै समूहको मासिक साँबा ब्याज फिर्ता र त्यस बाहेकको रकम पसलमै सामान खरिद गरेर राख्ने गरेको उनले बताइन्।

    द फ्रिडम फण्डको सहयोगमा दलित जनकल्याण युवा क्लवद्वारा संचालित हरवा चरवा सशक्तिकरण कार्यक्रम महिला समूहमा घुम्ती कोषका लागि उपलब्ध गराइएको २० हजार रुपैयाँ र समूहमा आबद्ध महिलाहरुले मासिक रुपमा बचत गरेको ५० हजार रुपैयाँ गरी ७० हजार रुपैयाँको कोष खडा भएको छ। ‘त्यही कोषबाट समूहगत निर्णयको आधारमा बढीमा छ महिनाको लागि साना व्यवसाय गर्न ऋण सहयोग दिने गरेका छौं’ समूहकी कोषाध्यक्ष प्रमिला मण्डलले भनिन्। समूहको कोषबाट अहिले मण्डलसहित मन्तोरिया रामले चटपटी र कोषाध्यक्ष मण्डलले तरकारीको खुद्रा व्यापार गरिरहेकी छन्।

     

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल