काठमाडौं, २३ भदौ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा ज्यापु समुदायको अमुल्य योगदान रहेको बताएका छन्। ‘ज्यापु जातिको उत्थान, नेपाल राष्ट्रको निर्माण’ भन्ने मुल नारासहित काठमाडौंको टुँडिखेलमा आयोजित ज्यापु महागुठीको एकीकृत राष्ट्रिय महाधिवेशन सफलताको शुभकामना दिंदै गृहमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन्।
‘संघीयता र समावेशीसहित मुलुक यहाँ आइपुग्नुमा ज्यापु समुदायको ठुलो योगदान छ। ०४६ सालको आन्दोलन होस् कि ०६२–६३ को आन्दोलन, ज्यापु समुदायले आफुलाई अग्रणी र निर्णायक सावित गरेको छ; उपप्रधानमन्त्री श्रेष्ठले भने।
काठमाडौंको आन्दोलनमा आजका ज्यापु महागुठीका अध्यक्ष राजभाइ जकमीको घरमा बसेर कार्यक्रमहरू बनाईएको समेत उनले स्मरण गरे।
तर, ज्यापु र हरेक समुदायले चाहेजस्तै व्यवस्थासँगै जनताको जीवनस्तर परिवर्तनको चुनौती बाँकी रहेकोले वर्तमान सरकार समृद्धिको मुल प्राथमिकतासहित अगाडि बढेको उनले बताए। ‘समृद्धिका लागि सुशासन, सुशासनका लागि भ्रष्टाचार र अपराधमुक्त समाज, सरकार यही अभियानमा छ।’ उपप्रधानमन्त्री श्रेष्ठले भने। भ्रष्टाचारीमाथिको कारबाही प्रक्रियाबाट पछाडि नहटिने र दलाल पुँजीका सट्टा राष्ट्रिय पुँजीको प्रवर्द्धन गरिने समेत उनले बताए।
ुसामाजिक विविधता भित्रको एकतामा बिग्रह फैलाउने काम त भएको छैन; यसनिम्ति सचेत हुदै अगाडि बढ्नुपर्ने र ज्यापु जस्तो किसान, श्रमिक र लोक संस्कृतिको संरक्षक समुदायले राष्ट्रको विकासमा अझै प्रभावकारी भुमिका खेल्नुपर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए।
नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
Copyright © 2020 / 2023 - Gamakpost.com All rights reserved