नेपाली राजनीतिमा प्रदिप गिरीको तुलना कसैसँग गर्न सकिन्न : प्रम दहाल

    • भदौ २२, २०८०
    • ६७१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    • आशिष विश्वकर्मा

    लहान, २२ भदौ। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले प्रदिप गिरी नेपालको राजनीतिक, सामाजिक रुपान्तरण अभियानको एउटा मौलिक र विलक्षण चिन्तनका धनि व्यक्तित्व रहेको बताए।

    समाजवादी चिन्तक, लेखक तथा नेपाली काँग्रसका नेता स्वर्गिय प्रदिप गिरीको नाममा स्थापीत प्रदिप गिरी मेमोरियल ट्रष्टले लहान १४ आश्रममा आयोजना गरेको पहिलो स्मृति तथा गिरीको पूर्णकदको प्रतिमा अनावरण गर्दै प्रधानमन्त्री दहालले समाजलाई हेर्ने उहाँको मौलिक दृष्टिकोण रहेको बताएको हो।

    प्रधानमन्त्री दहालले भने, ‘उहाँको दार्शनिक चिन्तन, समाजलाई हेर्ने आफ्नै नजरीया, मौलिक दृष्टिकोण थियो। उहाँको तुलना अरुसँग गर्न धेरै कठिन छ।’

    गिरीको चिन्तन, विचार र व्यवहारकै कारण नेपाली समाजका सवै वर्ग, क्षेत्र, तह तप्काले र राजनीतिक दलहरुले पनि उत्तिकै सम्मान र उत्तिकै भरोसा गरेक प्रधानमन्त्री दहालले बताए।

    उनले भने, ‘कुन राजनीतिक दल, कुन राजनीतिक आस्था–भरोसा सवैले उहाँलाई उत्तिकै सम्मान गर्नेगर्थे। आज त्यो यहाँ पनि देखिएको छ। उहाँका विचार, संकार र व्यहारबाट हामीले उर्जा प्राप्त गर्ने गरेका छौं।’

    प्रधानमन्त्री दहालले विगत सम्झदै शान्ति प्रकृयामा आउनुभन्दा पहिला पनि प्रदिप गिरीसँग अप्रत्यक्ष सम्वाद हुने गरेको बताए। उनले भने, ‘मसंग शान्तिप्रकृया अघिपनि अप्रत्यक्ष सम्वाद हुँदै आएको थियो, हामीलाई राज्यले आतङ्ककारी भनेर टाउकोको मूल्य तोक्तापनि उहाँले यो राजनीतिक समस्या हो। यसको समाधान राजनीतिक रुपमा गर्नुपर्छ भनेर आफ्नो पार्टी भित्र र देशको राजनीतिक तहमा, मञ्चमा जहिले पनि सकारात्मक समाधानको कोशिस गर्नुभयो।’

    दहालले भने, ‘शान्ति प्रकृयामा आएपछि पनि मलाई देशको वर्तमान राजनीतिक अवस्थाको बारेका जानकारी गराउने र उहाँका दलका नेताहरुसँग भेटघाट गराउने काम गराएर सहयोग गर्नु भयो।’
    सोही क्रममा दहालले गिरी विरामी पर्नुभन्दा केही दिन अघिदेखि नियमित भेटघाट हुने, विभिन्न विषयमा वहस र छलफल गर्ने र सँगै खाना खाजा खार्ने गरेको सम्झिए।
    उहाँले प्रदिप गिरीको अभाव हामी सवैलाई खड्केकै छ। ‘उहाँको विचारको मौलिकता, चिन्तनको मौलिकता र सवै प्रति उहाँको सहज र सरल पहुच; यि आफैमा विलक्षण थियो जस्तो लाग्छ। र हामीले उहाँबाट सिक्नुपर्ने धेरै बाँकी छ जस्तो लाग्छ; प्रधानमन्त्री दहालले भने।
    स्थानीय प्रतिनिधीहरुले पूर्वाधार विकास र प्रतिप गिरीको स्मृतिमा अस्पताल निर्माण गर्ने विषय उठाएकोमा अध्यक्ष प्रचण्डले गिरीको स्मृतिमा अस्पताल र बाटोको विषयलाई अगाडी बढाउने बताए।

    प्रधानमन्त्ती दहालले भने, ‘लहानका मेयर लगायतका प्रतिनिधीले गिरिको स्मृतिमा अस्पताल र बाटो बजाउने विषय उठाउनु भएको छ। यसलाई अगाढी बढाउने म प्रतिबद्धता जनाउन चाहन्छु।’

    स्मृति सभामा अर्थ मन्त्री प्रकाश सरण महतले गिरी नेपाली काँग्रेसका नेता भएनि उहाँ पार्टीभन्दा माथि रहने गरेको बताए। उनले भने, ‘विचार, सिद्धान्तका हिसावले अव्वल रहेका नेता गिरी कहिल्यै पद र पावरको लोभ नभएको नेता रहेको बताए। उनले विचार र व्यवहारमा सधै अडिग रहेकै कारण उहाँलाई सवैले मन पराउने गरेको बताए।

    परराष्ट्रमन्त्री नरायण प्रसाद साउद, राष्ट्रिसभाका उपाध्यक्ष उर्मिला अर्याल, मधेश प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री सुनिता यदव, पूर्वमन्त्रीहरु मत्रिका यादव, सीतादेवी यादव, अजयशंकर नायक लगायतले गिरिका व्यक्तित्वका बारेमा चर्चा गरेका थिए।

    सोही क्रममा गिरीका मित्र भारतको जवाहरलाल नेहरु यूनिभरसीटीका प्रमुख प्रोफेसर आनन्द कुमारले नेपालको परिवर्तनको आन्दोलनमा स्वर्गिय प्रदिप गिरीको अतुलनिय योगदान रहेको बताए। उनले भारतीय लोकतान्त्रिक आन्दोलनको लागि, समाजवादी आन्दोलनको लागि प्रदिप गिरीले पनि प्रदिप गिरीको योगदान रहेको सुनाए।

    आनन्द कुमारले भने, ‘उनी समाजवादका विश्लेषक थिए, समाज सेवक थिए, लोकतन्त्रका समर्थक थिए र सवैभन्दा माथि उनी एक असल, लोकप्रीय मनुस्य थिए।’ गिरीसँगको लामो संगले उनलाई यहि रुपमा चिनेको उनले बताए।

    सोही क्रममा गिरीले लगाएका बगैंचा, उनको आश्रमले पनि गिरीको विचार र व्यहारलाई देखाएको उनले बताए। उनले आउने दिनमा ट्रष्टले गर्ने कामहरुमा भारतको तर्फबाट गर्नपर्ने सहयोगको लागि आफू हमेसा तयार रहेको पनि बताए।

    प्रदिप गिरीका पत्नी भरती शिलवाल गिरीको अध्यक्षतामा सम्पन्न स्मृति सभामा स्वागत लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले गरेका थिए।

    p2 375001144_227061066655823_5972757625872500757_n

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सिरहामा छिमेकीको कोद ...

    सिरहा, ३ जेठ। सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीको ...

    चनौटे डाँडा : मधेश र ...

      बिशाल बस्नेत महोत्तरी, २ जेठ। गर्मी छल्ने ...

    पेट्रोलमा सात र डिजे ...

    काठमाडौं, ३ जेठ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल