आत्महत्याका निरुत्साहन गर्न साझा पहल आवश्यक : मन्त्री सिंह

    • भदौ २१, २०८०
    • १४८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुरधाम, २१ भदौ। बढ्दो आत्महत्याको घटना निरुत्साहित गर्न साझा पहल आवशयक रहेको मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रबहादुर सिंहले बताएको छ।

    सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकु काठमाडौँले बिहीबार जनकपुरधाममा आयोजना गरेको आत्महत्या रिपोर्टिङसम्बन्धी पत्रकार अभिमुखीकरण कार्यशाला गोष्ठीलाई सम्वोधन गर्दै दिनानुदिन आत्महत्याको घटना निरुत्साहित गर्न सवैको पहल आवश्क रहेको बताएको हो।

    उनले पारिवारिक कलह, सामाजिक समस्या, परीक्षामा असफलता, आर्थिक सङ्कट, प्रेममा असफलताजस्ता कारणले मानसिक स्वास्थ्यमा समस्या र आत्महत्याका घटनाहरू बढेकोमा चिन्ता व्यक्त गरे। उनले भने, ‘यि सवै खालका समस्याहरुबाट मानिसमा देखिएका मानसिक स्वास्थ्य सबल बनाउन पत्रकारले थप कलम चलाउनु पर्ने आवश्यक्ता छ।’

    राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निमित्त निर्देशक शिला श्रेष्ठले अनुपातमा नेपालमा हरेक दिन १९ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क सुनाए। उनले भने, ‘अहिले नपालमा प्रत्यक दिेन १९ जनाले आत्महत्या गर्ने गरेको छ। यो भयावह अवस्था हो।’

    आत्महत्या नियन्त्रणका लागि जनचेतना फैलाउन सङ्घ सरकारले स्थानीय तहलाई बजेट समेत उपलब्ध गराउने गरिएको भन्दै त्यसको सही कार्यान्वयन नदेखिएको उनको भनाइ छ।

    उनले मधेश प्रदेशमा गत आर्थिक वर्षमा चार सय २२ जना महिला र चार सय ६५ जना पुरुषले आत्महत्या गरेको तथ्याङ्क प्रहरीसँग रहेको र यसले महिलाभन्दा पुरुषले बढी आत्महत्या गर्ने गरेको बताए।

    त्यसैगरी, गत आर्थिक वर्षमा मधेश प्रदेशमा एक सय ७५ जना बालिका र ५९ जना बालकले आत्महत्या गरेको तथ्याङ्क रहेकाले तीनै तहको सरकारले यसको नियन्त्रणका लागि गम्भीर हुन आवश्यक देखिएको बताए।

    प्रत्येक वर्ष ७ हजारको हाराहारीमा आत्महत्याबाट मानिसको ज्यान जानेगरेको भन्दै निर्देशक श्रेष्ठले दिगो विकासका लक्ष्यअन्तर्गत सुस्वास्थ्यको लक्ष्य पनि पर्नेगरेकाले दिगो विकासका लक्ष्य प्राप्तिका लागि यसको नियन्त्रण गर्नु हामी सबैको साझा सरोकारको विषय भएको बताए।

    कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछाने, प्रदेश अध्यक्ष राजेशकुमार कर्णसहितले मन्तव्य व्यक्त गरेका थिए।

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल