चोहर्वामा ‘मटका फोड’ प्रतियोगिता सम्पन्न, भाईजिटोल प्रथम

    • भदौ २०, २०८०
    • २८७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २० भदौ। कृष्ण जन्म अष्ठमीको उपक्ष्यमा सिरहाको चोहर्वामा ‘मटका फोड’ प्रतियोगिता सम्पन्न भएका छन्। गोलबजार नगरपालिका ८ चोहर्वा मेदा समितिद्वारा आयोजित मटकाफोड प्रतियोगितामा भाईजिटोल टिम प्रथम भएका हुन्।

    त्यसैगरी, प्रतियोगितामा दोस्रो राधाकृष्ण टिम धर्मपुरका र तेस्रो बिजेता दसैं महाजन टोलका सरोज सिं हटिम तेस्रो भएको मेला समिका अध्यक्ष बीरेन्द्र सिहले जानकारी दिए।

    विजेताहरु क्रमशः प्रथम हुनेलाई ३५ हजार, दोस्रोलाई १५ हजार र तेस्रो विजेतालाई ११ हजार नगद सहित ट्रफि प्रदान गरेको मेला समितिले जनाए।
    केष्ण अष्ठमी दिन पारेर मेला समितिले बाँसको लिङ्गो बनाई २२ फिटको उचाँईमा झूड्याएको मटका –माटोको भाँडो) यरुवाहरु आफैमाथि खातैखात लागी चढेर फूटाएका हुन्।

    समयको आधारमा सवैभन्दा कम समयमा मट्का फोड्ने प्रथम र क्रमशः दोस्रो र तेस्रो छानिएका हुन्।

    स्थानीय वेवसायी प्रमोद साह र साहेव कविर मेडिकलले पुरस्कार विजेताहरुलाई हस्तान्तरण गरेको मेला समितिका सचिव शिव कुमार यादवले जानकारी दिए।

    प्रतियोगितामा पाँच वटा समूले भाग लिएका थिए। कार्यक्रमको सञ्चालन जीवन यादवले गरेका थिए। प्रतेक वर्ष कृष्ण जन्म अष्ठमीको उपक्ष्यमा सिरहाको चोहर्वामा ‘मटका फोड’ प्रतियोगिता हुनेगरेको मेला अयोजक समितिका अध्यक्ष सिहले जानकारी दिए।

    प्रतियोगिताको उद्घाटन प्रतिनिधीसभा सदस्य तथा नेकपा एमालेका पोलिटव्यूरो सदस्य लिलानाथ श्रेष्ठले मट्का फोटेर गरेका थिए।

    कार्यक्रममा नेकपा माओवादीका नेता तथा संविधानसभा सदस्य श्रवण यादव, प्रदेशसभा सदस्य मनोज कुमार सिंह, गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठ, माओवादी नेता रामचन्द्र सिंहलगायतका स्थानीय नेता तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो।

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल