सिरहा, २० भादौ। नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रुवि करणले पार्टीले संचालन गरेको अभियानले पार्टीलाई नयाँ दिशा दिने वताएकी छिन्।
सिरहाको धनगढीमाई नगरपालिका ५ द्वारा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै नेतृ कर्णले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानले सबै तहका नेतालाई सच्चिने र पार्टीलाई नयाँ दिशा दिन मदत गर्ने बताएकी हुन्।
नेतृ कर्णले स्थानीय तहमा हारियो, प्रदेश र संघको पनि अवस्था त्यस्तै रह्यो, यहि परिणामका कारण माओवादी सकियो भनेर बस्यौ भने पार्टी अगाडी नसक्ने वताउँदै अव पाटीलाई जनतासँग जोड्ने र हामीले गरेका गल्ती कमजोरीहरुको जनतासँग माफीमाँग्दै पार्टीलाई नयाँ दिशादिनका लागि सबै एकाकार भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए।
कार्यक्रममा पार्टीका पूर्व प्रदेश कमिटी सदस्य प्रवेश लामा, महिला नेतृ वस्ना मोक्तान, सरुण मोक्तान लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए।
‘गाउँ गाउँमा माओवादी, जनजनमा माओवादी’को नारा तय गरी ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ को तीन महिने अभियानमा गाउँ पुगेका नेता कार्यकर्ताहरु अहिले वडा वडामा सभा, सम्मेलन, अन्तक्रिया कार्यक्रममा व्यस्त रहेका छन्।
सिरहाको ८ वटा नगरपालिका र ९ वटा गाउँपालिका गरी १७ वटै स्थानीय तहको गाउँ गाउँमा यतिबेला माओवादी नेता कार्यकर्ताहरु कार्यक्रम गरिरहेक छन्।





















