सिरहा प्रादेशिक अस्पतालमा रक्त सञ्चार केन्द्र व्यवस्थापन सम्बन्धी छलफल

    • भदौ २०, २०८०
    • १७९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २० भदौ। मातृभूमि युवा समाज सिरहाको समन्वयमा प्रादेशिक अस्पताल सिरहा र संस्थाबीच रक्त सञ्चार केन्द्र व्यवस्थापनबारे छलफल भएको छ। प्रादेशिक अस्पताल सिरहाका लागि ब्यबस्थित रक्त सञ्चार केन्द्र अतिआवश्यक रहेकोले समन्वयको भूमिका निर्वाह गरेको हो।

    छलफलमा ब्यबस्थित रक्त सञ्चार केन्द्र अस्पताललाई अतिआवश्यक रहेको प्रादेशिक अस्पताल सिरहाका प्रमुख डा नागेन्द्र यादवले औंल्याए। रक्त सञ्चार केन्द्र व्यवस्थापन गर्न अस्पताललाई खेल्नुपर्ने सकारात्मक भूमिकामा कुनै कसर नराख्ने उनले बताए।

    रक्त सञ्चार केन्द्रका लागि कोठा ब्यबस्थापन, जनशक्ति ब्यबस्थापन, कार्यालय ब्यबस्थापन, रक्तदान कार्यक्रममा हुने आवश्यक ब्यबस्थापन खर्च लगायत अन्य कार्यमा सघाउ पुर्याउने अस्पतालका व्यवस्थापक सबनम महतोले बताइन्।
    गएको तीन वर्षभित्र संस्थाको समन्वयमा प्रादेशिक अस्पताल सिरहालाई एक हजार पाँच सय भन्दा बढि पोका रक्त उपलब्ध गराएको मातृभूमिका अध्यक्ष मनिष कुमार यादवले जानकारी दिवए।

    रक्त उपलब्ध गराउने कार्यलाई व्यबस्थित गर्न प्रादेशिक अस्पताल सिरहासंग समन्वय छलफल गरिएको र छलफल सकारात्मक भएको संस्थाका अध्यक्ष मनिष कुमार यादवले बताए।

    छलफलमा मातृभूमिका उपा अध्यक्ष अविनाश पूर्वे, कोषाध्यक्ष विकास शाह, एडभाइजर नवीन शाह , सुमित यादव, अमित मुखिया, शसी मण्डल लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो।

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल