मधेस प्रदेश सभा सदस्य यादव पक्राउ

    • भदौ १८, २०८०
    • ३६६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    • ललिता साह

    सप्तरी, १८ भदौ। कर्तव्य ज्यान मुद्दाका दोषी मधेश प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा मधेश प्रदेश सप्तरी क्षेत्र ४ (२) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित यादव गोविन्द चौधरीको हत्या अभियोगमा अदालतबाट दोषी ठहर हुनुभएको थियो।

    सप्तरी प्रहरी प्रमुख नरेन्द्र कार्कीका अनुसार फैसलाको सम्पूर्ण अभिलेख सर्वोच्चले यसै साता जिल्ला प्रहरी कार्यालयलाई पठाउनेबित्तिकै सदस्य सिंहलाई सप्तरी प्रहरीले सोमवार पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ।

    चार वर्ष जेल सयाज तोकिएका सिंह प्रदेश सभामा तीनै तहको अदालतबाट दोषी ठहर गर्दै चार वर्षको जेल सजाय तोकिसकिएको व्यक्ति मधेश प्रदेश सभामा प्रदेश सांसदको रुपमा रहँदै आउनुभएको थियो।

    स्वतन्त्र सांसदका रुपमा निर्वाचित उहाँ २०७१ सालमै दोषी ठहर भएको जिल्ला अदालतको फैसलामा उल्लेख गरिएको छ। उहाँलाई सप्तरी लिल्ला अदालतका जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको ईजलाशले २०७१ चैत ११ गते अनिरुद्रसहितका व्यक्तिलाई ४ वर्ष कैदको फैसला गरेको थियो । उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालेको २०७५ भदौँ ९ गतेको संयुक्त इजलाशले उहाँको हकमा जिल्लाको फैसलालाई नै सदर गरेको छ।

    सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र वमकुमार श्रेष्ठ संयुक्त इजलासले २०७८ पुस १३ गते यसअघि जिल्ला तथा उच्च अदालतले गरेको निर्णयलाई नै सदर गर्ने आदेश दिएको देखिन्छ । आरोपित यादवको निर्देशनमा साविकको बोदे बर्साइन गाविस –४ बाट वि।स। २०६४ असार ९ गते सप्तरी खोक्सरप्रवाह १ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीलाई नियन्त्रत्रणमा लिई नेङ्गडा गाविस  ५ वैरिया टोलमा पुगाई पीडितलाई पाँचवटा गोली हानी हत्या गरेको अभियोगपत्रमा उल्लेख छ।

    मृतकको २०६४ असार १० गते राजविराजस्थित अञ्चल अस्पतालमा शव परीक्षण भएको अस्पताल अभिलेखले जनाएको छ । उक्त विषयमा जाहेरी परेपछि यादव अदालतमा बयान दिनसमेत नआई फरार हुनुभएको थियो।

    अदालतले दोषी ठहर गरे पनि प्रहरीले भने हालसम्म यादवलाई पक्राउ गरेको छैन । मृतकका दिदी धनगढी गाविसकी ३६ वर्षीया रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते यादवसमेत नौ जनामाथि किटानी जाहेरी दिनुभएको थियो ।

    फैसलामा के छ र?

    सप्तरी जिल्ला अदालतले अनिरुद्र सिंह यादवसहतिको विरुद्ध २०७१–१२–११ गतेको फैसलामा भनिएको छ, “प्रतिवादीउपरको मुलुकी ऐनको दफा १३ (४) को अभियोग दावी पुग्न सक्दैन । प्रतिवादीको कसुर मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ (२) बमोजिम मृतकलाई घेरा हाल्ने र मार्न संयोग पारिदिनेसम्मको कसुरमा सग्लन भएको देखिन आउँछ ।

    यसरी प्रतिवादीको कसुर १७ (२) नम्बरसम्मको देखिदा सोही नम्बर बमोजिम मृतकलाई घेरा हाल्ने र मार्नको निमित्त संयोग पारिदिनेसम्मको कसुरमा कसुरको मात्राका अधारमा यी प्रतिवादीलाई ४ वर्ष कैद हुन्छ।

    यस्तै, प्रतिबादीमध्येका ताराकान्त यादवले गरेको पुनराबेदनमा उच्च अदालत राजविराज इजलासले २०७५ भदौँ ९ गरेको फैसलाअनुसार रुकमिनि चौधरीले गरेको वकपत्र र जाहेरवालाको बकपत्र समेतबाट प्रतिवादी ताराकान्त यादव अरु किसिमको मुलतबी भएको पुष्टी भएको देखिएको हुँदा प्रतिबादी ताराकान्त यादवलाई ज्यानसम्बन्धीको १७ (२) अनुसार ४ वर्ष कैद हुने ठहराएको सुरु सप्तरी जिल्ला अदालतको मिति २०७१–१२–११ को फैसला हद्सम्म मिलेको नदेखिदा केही उल्टीभई प्रतिवादी ताराकान्त यादवलाई ज्यानसम्बन्धीको १७ (३) अनुसार निज प्रतिवादीको कसुरको मात्राको आधारमा २ वर्ष कैद हुने र अरुको हकमा जिल्ला अदालतको फैसला मिलेको देखिदा सदर हुने ठहर छ।

    कानुनको पालना र वर्षौदेखि अन्याय अत्याचार व्याप्त समाजमा न्याय स्थापनाका निम्ती प्रदेश सभा सदस्य सिंहलाई प्रहरीले तत्काल पक्राउ गर्न स्थानीहरूको माग रहँदैआएको थियो।
    गोरखापत्रबाट।

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल