‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानले पार्टीलाई नयाँ दिशा दिन्छ : नेता पोखरेल

    • भदौ १६, २०८०
    • ३३५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १६ भदौ। नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य प्रकाश पोखरेलले आजको यथास्थितीमा पार्टी अगाडी बढ्न नसक्ने बताएको छ।

    ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको आज शनिवार सिरहाको गोलबजार नगरपालिका ३ बाट अभियोन उद्घाटन गर्दै पार्टी जनतासँग एकाकार भएर अगाडी बढ्न नसके यहि अवस्थामा अगाडी बढ्न नसक्ने बताएको हो।

    ‘स्थानीय तहमा हारियो, प्रदेश र संघको पनि अवस्था त्यस्तै रह्यो; यहि परिणामका कारण माओवादी सकियो भनेर बस्यौभने पार्टी अगाडी सक्दैन; केन्द्रिय सदस्य पोखरेलले भने, ‘अव पाटीलाई जनतासँग जोड्ने र हामीले गरेका गल्ती कमजोरीहरुको जनतासँग माफीमाँग्दै पार्टीलाई नयाँ दिशादिन सक्नु पर्छ।’

    जनतासँग एकाकार अगाडी बढ्नकै लागि पार्टीले तीन महिले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान ल्याएको बताए। उनले भने, ‘यहि विच हामीले नेता नेताविच भएको असमझदारीलाई हल गर्दै जनतासँग आफूले गरेका गल्ती कमजोरीको माफि माग्दै जानु पर्छ।’

    नेता पोखरेलले अभियानलाई पार्टी निर्माणसँग जोड्न सक्नुपर्ने बताए। उनले भने, ‘यो हाम्रो लागि पार्टीलाई नयाँ शिराबाट अगाढी बढ्नाउने विशेष अवसर पनि हो। हामीले पार्टीलाई क्रान्तिकारीस्प्रीटको साथ नयाँ दिशादिने सोच्नु पर्छ।’

    कार्यक्रममा पार्टीका पुराना नेता एम कुमार लामा, नेता अविरमान थापा, रेशम कुमारी थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए।

    देशभरीका सवै वडाहरुबाट आज एकैपटक उद्घाटन गर्ने योजना अनुसार सिरहाका १७ वटा पालिकाको एक सय ६३ वटै वडाहरुमा एकैपटक उद्दागटन् सम्पन्न भएको छ।

    कर्जन्हा नगरपालिकामा पार्टीका केन्द्रिय सदस्य टेकबहादुर बलम्पाकी, मिर्चैयामा गंगा पासवानको नेत्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

    धनगढीमाई नगरपालिकाको बिभिन्न वडाहरुमा आज भएको उदघाटन समारोह केन्द्रिय सदस्य रुबी कर्ण, पुर्व प्रदेस समिति सदस्य प्रवेश लामा, बिभाग सदस्य बास्ना मोक्तान, नगर समितिका अध्यक्ष प्रकाश योन्जनको विशेष उपस्थितिमा सम्पन्न भएको छ।

    उनीहरुले आजबाट सुरुगरेको तीन महिने अभियान माओबादी केन्द्रको निम्ति जीवन मरणको सवाल भएकोले यसलाई हर–हालतमा सफल पार्न आम कार्यकर्ता, शुभेच्छुकहरुमा अनुरोध गरे।
    जिल्लाका सवै पालीकाका वडाहरुमा एकैपटक विभिन्न कार्यक्रमहरुको आयोजना गरी अभियानको उद्घाटन सम्पन्न गरेको छ।

    पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले दिउँसो १ बजे काठमाडौंको चन्द्रागिरी गाउँ पलिकाको घट्टेडाँडाबाट उद्घाटन गरेका थिए। त्यसको विभिन्न संचारमाध्यमबाट प्रत्यक्ष प्रशारण गरिएको थियो।

    GBR3 (9) 373495932_1392086658037329_5726320683382086457_n

     

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सिरहामा छिमेकीको कोद ...

    सिरहा, ३ जेठ। सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीको ...

    चनौटे डाँडा : मधेश र ...

      बिशाल बस्नेत महोत्तरी, २ जेठ। गर्मी छल्ने ...

    पेट्रोलमा सात र डिजे ...

    काठमाडौं, ३ जेठ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल