सिरहा आउन एमाले नेता चढेको जहाज जनकपुर अवतरण नगरी काठमाडौं फर्कियो, अर्को जहानमा आउँदै

    • भदौ १३, २०८०
    • ३३२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    फाईल फोटो।

    काठमाडौ., १३ भदौ। सिरहामा आज हुनगईरहेको नेकपा एकालेको सचिवालय बैठबमा भागलिन जनकपुर आउँदै गरेका शीर्ष नेताहरू चढेको बुद्ध एयरको जहाज अवतरण नगरी काठमाडौं फिर्ता भएको छ।

    आजैबाट सिराहामा सुरु हुन लागेको सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाललगायत नेता सवार जहाजमा गडबडी देखापरेपछि जनकपुर विमास्थलनजिकै पुगेर पनि फर्किएको हो।

    जहाजमा प्राविधिक समस्या आएकाले काठमाडौँ नै फर्काएर अवतरण गरिएको नेताले बताएको छ।

    काठमाडौंबाट पुनः अर्को जहाजमा जनकपुर प्रस्थान गरिएको जानाएको छ।

    ‘विमानमा खराबी देखिएपछि जनकपुर नपुगी काठमाडौं फर्कियो, अहिले अर्कै विमानबाट नेताहरू जनकपुर उडिसेको बताइएको छ।

    अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल भने विराटनगर हुँदै गएका सचिवालय बैठकस्थलमा गएका छन्।

    नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज सिरहाको धनगढीमाई नगरपालिका १४ सर्रे अम्बासमा बस्दैछ।

    नेकपा (एमाले)का केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईका अनुसार पूर्वनिर्धारित योजनाअनुसार नै आज पार्टीको सचिवालय बैठक बस्न लागेको हो।
    यस अघि भदौ ९ गते बस्ने मिति तय भएको थियो। प्रतिकुल मौसमका कारण त्यहि बैठक आजलाई सारिएको हो।

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सिरहामा छिमेकीको कोद ...

    सिरहा, ३ जेठ। सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीको ...

    चनौटे डाँडा : मधेश र ...

      बिशाल बस्नेत महोत्तरी, २ जेठ। गर्मी छल्ने ...

    पेट्रोलमा सात र डिजे ...

    काठमाडौं, ३ जेठ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल