सिरहा, ८ भदौ। सिरहाको नरहा गाउँपालिका ५ बर्छवास्थित जनता बनबालि माध्यमिक विद्यालय (प्राविधिक) को निर्माणधिन कार्यालय भवनको निर्माणकार्य अवरुद्ध भएको छ। नमुना गुरु योजना अनुसार सवै रित पुर्याएर निर्माणकार्य भईरहको कार्यालय भवन राजनीतिक प्रतिशोधका कारण निर्माणकार्य रोकिएको हो।
जनप्रतिनिधीले नै पास गरेको नमुना गुरुयोजना अनुसार तोकिएकै ठाउँमा सवै प्रकृया पुर्याएर ठेक्केदार कम्पनी मार्फत भवन निर्माणकार्य राजनीतिक प्रतिशोधका कारण निश्चित व्यक्तिहरुले गरेको अवरुद्धलाई बल पुग्नेगरी गाउँ पालिका अध्यक्ष रामप्रमोद यादवले ठाडो आदेश दिएका छन्।
विद्यालयको आम भेला र विद्यालय व्यवस्थापन समितिको निर्णय र विद्यालयको नमुना गुरु योजनामा उल्लखे भएको ठाउँमै भवन निर्माण गरेको भएपनि व्यक्तिगत र राजनीतिक प्रतिशोधका कारण निर्माणकार्यमा अवरुद्ध गरेको विद्यालयका प्रधानाध्यापक रामइश्वर यादवले जानकारी दिए।
उनले भने, ‘अघिल्लो पटकको कार्यपालिकाबाट नमुना विद्यालय गुरुयोजना पारित भएको हो, सोहि योजना अनुसार नमुना विद्यालय स्वीकृत भई योजनाहरु परेका हुन्, सोही योजना अनुसार काम भईरहेको छ। सवै प्रकृया पुर्याएर निर्माणकार्य हुँदाहुँदै निश्चित व्यक्तिको वहकावमा पालिका अध्यक्षले समेत लिखित रुपका रोक्का गर्नु दुखद घटना हो।’
कार्यालय भवनको जगको निर्माणकार्य भईरहेकै वेला पूर्व गाउँ पालिका अध्यक्ष रामशरण यादव सहित व्यक्तिहरुले निर्माणकार्य अवरुद्ध गरेका थिए। उनीहरुलाई नै बल पुग्नेगरी वर्तमान गाउँ पालिका अध्यक्ष राम प्रमोद यादवले गत साउन २४ गते विद्यालयको नाममा ‘प्रस्तुत विषयमा तहाँ विद्यालयमा निर्माणाधीन भवनको सम्बन्धमा विवाद रहेको हुँदा विवाद समाधान नहुन्जेलसम्मको लागि निर्माणकार्य रोक्का राख्नु हुन जानकारी गराइन्छ।’ भन्ने पत्र पठाएका छन्।
निर्माणकार्य किन रोक्का गराएको भनि अध्यक्ष यादवसँग प्रतिकृया माँग्दा उहाँले, ‘भवन निर्माणको विषयमा विवाद छ। विवाद झडपमा परिणतहुने सम्भावना देखेर मैले तत्काल निर्मायाकार्य रोक्न भनेको हुँ।’
उनले पूर्व अध्यक्षले शिल्यान्यास गरेको ठाउँमा नबनाई प्रधानाध्यापकले मनपरी तरिकाले निर्माणकार्य गरेकोले समस्या आएको उनले बताए। उनले भने, ‘प्रधानाध्यापकले पहिला शिल्यान्यास भईसकेको ठाउँमा निर्माण नगरेर अन्यत्रै निर्माणकार्य गरेको छ। त्यहि विषय अहिले विवादको जड बनेको छ।’
मेले पनि हेडमास्टरलाई शिल्यान्यास भएकै ठाउँमा बनाउन भनेको थिएँ, उनले अटेर गरेर आफूखुसी गरेको आरोप लगाए।