फाईल फोटो।
सिरहा, ७ भदौ। सिरहा प्रहरीले करिव पाँच केजी चाँदी सहित नेपाल–भारत सीमाक्षेत्र ठाडी बसपार्कबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारतबाट नेपाल तर्फ आईरहेका पैदल यात्री जिल्ला मधुबनी बरहमपुरा ३ का ५२ वर्षिय विश्वनाथ साहलाई भगवानपुर गाउँपालिका ४ डाडीबाट आज अपरान्ह पक्राउ गरेको हो।
प्रहरीलाई शंका लागी चेकजाचँ कपडाको धोक्रोमाहाली नाइटो भन्दा मुनी कमरमा बाँधेको अवस्थामा पाँच लाख मूाल्य बराबरको पाँच केजी चाँदीसहित साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिए।
आवश्यक अनुसन्धानको लागी चाँदी र साहलाई इलाका प्रहरी कार्यालय लहान पठाइएको छ।
लहान, गोलबजार, मिर्चैयालगायत सिरहाका सुन चाँदी व्यवसायीहरुले चाँदीका गहनाहरु भारतबाट अवैधरुपमा ल्याउने गरेको बताइन्छ।