सिरहा, ५ भदौ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गलत निर्वाचन प्रणलिले वडासम्म भ्रष्टाचार मौलाएको बताए।

जिल्ला पार्टीद्वारा सिरहाको धनगढीमा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधनगर्दै नेता यादवले निश्चित समूदाय र व्यक्तिमा सिमित भ्रष्टाचार खर्चिलो निर्वाचन प्रणालिका कारण वडासम्मै पुगेको बताएका हुन्।

नेता यादवले भने, ‘केन्द्रमात्र गाउँ गाउँ, टोल टोलमा भ्रष्टाचार हुनेगरेको छ। यसको मूख्य कारण गलत निर्वाचन हो। महगो निर्वाचन प्रणालिले वडासम्मै भ्रष्टाचार पुर्यायो।’

निर्वाचन प्रणाली परिवर्तन नभएसम्म भ्रष्टाचारलाई रोक्न नसकिने बताए। निर्वाचन प्रणालि यस्तो हुनुपर्छ भन्ने धारणा नराखेपनि उनले, ‘यो निर्वाचन प्रणाली नै परिवर्तन गर्नु पर्छ। संसदको होस्, या वडाको कुनै उम्मेदवारले पैसा खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणली अपनाउनु पर्छ।’

पूर्व उपभ्रधानमन्त्री समेत रहेका यादवले आजको आवश्यक्ता शुशासनको हो। अहिले भ्रष्टाचार कुशासन छ। हामीले कुशासनको अन्त्य गरेर शुशासन कायम गर्नु छ। सवैलाई वराबरको अधिकार, बरामरको सम्मान, बराबरको भागेदारी र हिस्सेदारी जरुरी रहेको जिकिर गरे।

सोही क्रममा नेता यादवले विगत १५ वर्षमा सरकारी शिक्षा, कृषि उद्योग धन्दा ध्वस्त भएको बताए। उनले यो १५ वर्षको अवधिमा सरकार चलाएकाहरुले यसको जिम्मा लिनु पर्ने बताए।

उनले भने, ‘अव हामीले शिक्षा, कृषि, उद्योगधन्दालाई व्यवस्थित गर्नु पर्छ। उद्योग धन्दालाई पूनःसञ्चालन गरेर, नयाँ उद्योगधन्दा थपेर देशमा रोजगारी सृजना गरेर देशमै युवाहरुलाई रोजागरी दिलाउने अवस्था बनाउनु पर्छ।’
मन्तव्यकै क्रममा यादवले मधेश आन्दोलनले नै मधेशीको अधिकार स्थापीत गरेको जिकिर गरे। उनले भने, ‘आज हामी देशमात्र हैन संशारभर गौरबका साथ ‘हम मधेशी छी’ भन्न सक्छौं। यो मधेश आन्दोलनको उपलब्धी हो। यसमा हामीले गर्व गर्नु पर्छ।’

पार्टीलाई तोडफोड गर्न निरन्तर रुपमा आन्तरिक र बाहिरीशक्ति लागिरहेको भएपनि जनताको विश्वास र मायाँको कारण आजपनी देशको निर्णायक शक्तिको रुपमा पार्टी स्थापीत रहेको नेता यादवले जनाए। उनले भने, ‘सवैतिरबाट पार्टीलाई आक्रमण भईरहँदा पनि आज देशको महत्वशक्तिको रुपमा जनता समावादी पार्टी र मधेश रहेको छ। अव मधेशलाई छलकपट गरेर, ढाटछल गरेर देश अगाढी बढ्न सक्दैन। मधेशलाई साथलिएरमात्र देश अगाढी बढ्छ।’

पार्टीका नेता तथा पूर्व मन्त्री राजकिशोर यादवले कुनै भ्रष्टाचार काण्डमा जनता समाजवादी पार्टी नेपालका नेताहरु नमुछिएपछि ‘गौर घटना’ उच्छालेको आरोप लगाए। उनले हाम्रा नेताहरु सुन काण्ड, ललिता निवास काण्ड, भुटानी सरनार्थी काण्डमा नमुछिएकाले उपेन्द्र यादव अव देशको हिरो हुदैछ भन्ने त्रासका कारण गौर घटना उछालेको जिकिर गरे।

नेता यादवले गौर घटना विसुद्ध राजनीतिक घटना भएको भन्दै त्यसलाई त्यहि अनुसार हल गर्नुपर्ने बताए। उनले भने, ‘गौर घटना दुखद घटना हो। त्यसका पीडितहरुप्रति म आजपनि सम्वेदना प्रकट गर्न चाहन्छु। तर, यसलाई बदलाको भावबाट हेरीएको छ। यो राम्रो सङ्केत होइन।’

सोही क्रममा नेता यादवले ठूला पार्टीबीच भागबण्डा नमिलेका कारण एक क्विन्टल सुन पक्राउ परेको बताए। सुन पक्राउ परेकै विषयमा भागबण्डा नमिलेका कारण संसद अवरुद्ध भएको बताउँदै उनले तीन पार्टीभित्रको आरोप प्रत्यारोपले उनीहरुको चरित्र उदाङ्गो भएको बताए।

पार्टीका नेता एवम् संघिय वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतोले संघियता अझै पूर्ण नभएको बताए। उनले प्रदेशको आफ्नै शासन प्रशासन नभएसम्म संघियताले पूर्णता नपाउने बताए। मन्त्री महतोले भने, ‘संघितालाई पूर्णता दिन आफ्नै शासन प्रशासनको चाहिन्छ। ऋनिमात्र संघियताले पूर्णता पाउँने हो। त्यसको लागि हाम्रोपार्टी निरन्तर रुपमा आवाज उठाउँदै आएका छन्।’

कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए।

upendar 1 upendra 3