रुसको मानवरहित अन्तरिक्षयान चन्द्रमामा दुर्घटनाग्रस्त

    • भदौ ३, २०८०
    • ३४० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    चन्द्रमाको दक्षिणी ध्रुवमा नियन्त्रित अवतरण गराउने पहिलो देश बन्ने लक्ष्य रुसले राखेको थियो

    काठमाडौं, ३ भदौ। रुसले चन्द्रमामा नियन्त्रित अवतरण गर्ने उद्देश्यसहित पठाएको एउटा अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्।

    उक्त अन्तरिक्षयानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्य मस्कोले राखेको थियो।

    लूना -२५ अन्तरिक्षयान झण्डै ५० वर्षमा रुसको पहिलो चन्द्र अभियान थियो।

    यसअघि रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो।

    दुर्घटना कसरी भयो?

    मानवरहित उक्त यान चन्द्रमाको दक्षिणी ध्रुवमा नियन्त्रित अवतरण गर्ने क्रममा थियो।

    तर अवतरण गर्नुअघिको कक्षमा पुगेपछि त्यसमा समस्या देखिएको थियो।

    रुसी सरकारी अन्तरिक्ष निकाय रोसकोमोसले लूना २५ मा समस्या देखा परेलगत्तै त्यससँग सम्पर्क गुमाएको जनाएको छ।

    उक्त यानको अवतरण सोमवारका लागि तय गरिएको थियो।

    चन्द्रमाको उक्त क्षेत्रमा बरफ र महत्त्वपूर्ण तत्त्वहरू हुनसक्ने वैज्ञानिकहरूले ठानेका छन्।

    d2940380-3f3b-11ee-84e2-dfda2bcceba6

    रुसले झन्डै ५० वर्षपछि चन्द्रमामा अन्तरिक्षयान प्रक्षेपण गरेको थियो

    पश्चिमा प्रतिबन्धहरूको सामना गरिरहेको रुसले थप चन्द्रयानहरू पठाउने र चीनसँग मिलेर पनि अन्तरिक्ष अभियान अघि बढाउने बताउने गरेको छ।

    हालसम्म कुनै पनि देश नपुगेको दक्षिणी ध्रुवमा यतिखेर भारत तथा रुसबिच प्रतिस्पर्धा चलेको थियो जहाँ भारतको चन्द्रयान-३ अर्को साता त्यहाँ अवतरण गर्ने प्रयासमा छ।

    यद्यपि अमेरिका र चीनले चन्द्रमाको सतहमा नियन्त्रित अवतरण गरिसकेका छन्।
    बीबीसीबाट।

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सेटिङमा कामै नगरी वड ...

    सिरहा १० साउन। सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको म ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल